शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आइपएिल: चेन्नईद्वारा राजस्थान पराजित, रोयल च्यालेन्जर्स बैंगलोरको लज्जास्पद हार

सोमबार, चैत्र १८ २०७५

काठमाडौं(एजेन्सी)–आइपिएल अन्तर्गत चेन्नई सुपरकिंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ८ रनले पराजति गरको हो । चेन्नईले दिएको १७६ रन पछाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १६७ रन मात्र बनाएपछि खेल ८ रनले चेन्नईले जितेको थियो । राजस्थानका लागि बेन स्टकले सर्वाधिक ४६ रन बनाए भने राहुल त्रिपाठीले ३९, स्टिभ स्मिथले २८ तथा जोफ्रा आर्चरले २४ रन बनाएका थिए । चेन्नईका बलर दिपक चहर, सृदुल ठाकुर, इमरान ताहिर, डावने ब्राभोएल २–२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १७५ रन बनाएको थियो । चेन्नईका लागि महेन्द्र सिंह धोनीले सर्वा्धिक अविजित ७५ रन बनाएका थिए । त्यस्तै सुरेश रैनाले ३६, डावने ब्राभोले २७ तथा शेन वाटशनले १३ रन बनाएका थिए । राजस्थानका जाफ्रो आर्चरले २ विकेट लिए भने बेन स्टक, धवन कुल्करनी र जयदेव उदकांतले एक एक विकेट लिएका थिए ।

सनराइजर्ससँग रोयल च्यालेन्जर्स बैंगलोरको लज्जास्पद हार
काठमाडौँ । आइपिएल अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ११८ रनले पराजित गरेको छ । सनराइजर्सले दिएको २३२ रनको लक्ष्य पछाएको बैंगलोर १९.५ ओभरमा ११३ रनमा अल आउट भएको थियो । बैंगलोरका लागि ग्राण्डहोमले सर्वाधिक ३७ रन बनाएका थिए । त्यस्तै पी राय बर्मनले १९, उमेस यादवले १४ तथा पार्थिव पटेलले ११ रन बनाएका थिए । सनरा जर्सका लागि अफगानिस्तानका अलराउन्डर मोहमद नावीले ४ विकेट लिएका थिए । नावीले ४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै सन्दीप शर्माले ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा २ विकेट गुमाएर २३१ रन बनाएको हो । सनराइजर्सका लागि जोनी बयरस्ट र डेभिड वार्नर दुवैले शतक बनाएका थिए । बयरस्टले ११४ रन बनाएर आउट भए भने वार्नरले अविजित १०० रन बनाएका थिए । बयरस्टले ५६ बलमा १२ चौका र ७ छक्काको मद्धतले ११४ रन बनाए भने वार्नर ५५ बलमा ५ चौका र ५ छक्काको मद्दतले सय रन बनाएका थिए । दुवैले पहिलो विकेटका लागि १८५ रनको साझेदारी गरेका थिए । त्यस्तै विजय शंकरले ९ र युसुफ पठानले ६ रन बनाएका थिए । बैंगलोरका लागि युजवेन्द्र चहलले एक विकेट लिए भने एक विकेट रन आउटको रुपमा लिएको थियो । यो जितपछि सनराइजर्सले ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्मका तिनै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार