युएई(जस)–हिमालय एयरलाइन्सले आइतबारदेखि युएईको आबुधाबी उडान सुरु गरेको छ । आइतबार पहिलो पटक उडान भरेको हिमालय एयरलाइन्स आउने–जाने दुबैतर्फी (१५८ सिट) टिकट भरिएको हिमालय एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलीसका सञ्चालक एवं एनआरएनए आईसिसी सदस्य ठाकुरप्रसाद ढुङ्गानाले बताए ।

आवुधावी एयरपोर्टका सिनियर उपाध्यक्ष, अपरेसन हेड, हिमालय एयरलाइन्सका कार्यकारीहरूलगायत अन्य विभिन्न कार्यकारी व्यक्तित्वहरूको सहभागितामामा एक भव्य कार्यक्रमसहित आइतबारदेखि उडान सुरु भएको थियो । आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशी पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरु गरिएकोले काठमाडौँ–आबुधाबी–काठमाडौँको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान भर्ने ढुङ्गानाले बताए ।
