काठमाडौ, १८ चैत्र । बारा र पर्सामा गएराति भएको भीषण हावाहुरीमा परी ज्यान गुमाउने २७ मृतकको सनाखत गरिएको छ । गृह मन्त्रालयले सोमबार २७ जना मृतकको सनाखत गरि सूची सार्वजनिक गरेको हो ।
गृहमन्त्रालयले उपलब्ध गराएको जानकारी अनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् ।
बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ आएको हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका छन् ।


