मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

यू–१९ महिला च्याम्पियनसिप : आज नेपालले म्यानमारको सामना गर्दै

मंगलबार, बैशाख १७ २०७६

काठमाडौं, १७ बैशाख । म्यानमारमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार आयोजक म्यानमारसँग खेल्दैछ ।

छनोटको अघिल्लो दुई खेलमा पराजित नेपालले अन्तिम खेलमा आयोजकसँग खेल्न लागेको हो ।
मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ ६ः१५ मा सुरु हुनेछ ।

नेपाल सान्त्वना जितको खोजीमा हुनेछ भने म्यानमार पनि नेपाललाई पराजित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार