(जस)- गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको मे ३ मा हुने अन्तिम परिषद भेलाको तयारी पुरा भएको छ ।परिषद् भेला नेपाली राजदूतावासको हलमा हुने अध्यक्ष नगेन्द्र पोखरेलले बताएका छन् । उनका अनुसार कार्यसमितिको २६ अप्रिलमा बसेको नवौं बैठकको छलफल पश्चात तयारी पुरा भएको र भेलाले संस्थाको प्रतिवेदनहरु पारित गर्नुका साथै पुराना सदस्यहरुको नविकरण गर्ने, नयॉ परिषद सदस्यहरुको आह्वान गर्ने, र नयॉ कार्यसमिति चयनको प्रक्रियाहरु शुरु हुने ।
संस्थाका महासचिव बुधबल गुरुङका अनुसार हाल एनसीसी कतारमा कुल २,३१० जना परिषद सदस्यहरु छन् ।
गुरुङका अनुसार एनसीसी कतारको सातौं महाधिवेसनबाट निर्वाचित यस कायसमितिले संस्थागत सुधारमा बढी जोड दिईएको थियो। उनका अनुसार सामाजिक संस्था विधान अनुसार अविछिन्न रुपमा चलिरहनु पर्दछ । त्यसैले कार्यसमितिले संंस्थाको आर्थिक नियमावली तथा आचार सहिंता नियमावलीहरु तयार पारी लागू गराई सकेको छ।
त्यसै गरी खाडी मूलुक कतार श्रमिकहरु धेरै कार्यरत भएको देश हो । यहॉ दुखमा पर्ने श्रमीहरुरुलाई लक्षित गरी श्रमिक कल्याणकारी कोषको स्थापना पनि गरेको छ । यस बोष मार्फत दुखमा परेका धेरै श्रमिकहरुलाई सहयोग गरिरहेको छ । त्यसै गरी संघले कतारमा कार्यरत पत्रकारिता गर्ने पत्रकारहरुको मनोवल विकास गर्ने उद्देश्यले पत्रकारिता पुरस्कार पनि स्थापना गरेको छ।
त्यस्तै कतारमा कार्यरत साहित्यीक सर्जकहरुलाई प्रोत्साहित गर्न साहित्यीक पुरस्कारको पनि स्थापना गरेको छ। यी पुस्कारहरु हरेक कार्यकायलाहरुमा प्रदान गर्ने गरी नियमावलीहरु पनि तयार भई सकेको छ।महासचिव गुरुङका अनुसार एनसीसी कतारको यस २०१७ – १९ कार्यकालमा संस्थाको आन्तरिक कार्यक्रमहरु बाहेक अन्य धेरै कार्यक्रमहरु कतारमा स्थापित संघ संस्थाहरु संग सहकार्य गरेर आयोजना गरेका छन् ।