बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

नेपाल यू–१६ इस्टर्न रिजनको च्याम्पियन बन्यो

आइतबार, बैशाख १५ २०७६

काठमाडौं(जस)–नेपाल एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगिता च्याम्पियन बनेको छ । आइतबार भएको प्रतियोगिताको फाइनल खेलमा मलेसियालाई ८० रनले पराजित गर्दै नेपाल लगातार दोस्रो पटक एसीसी यू–१६ इस्टर्न रिजनको च्याम्पियन बनेको हो । नेपालले दिएको १४१ रनको लक्ष्य पछाएको मलेसिया ३४.५ ओभरमा ८१ रन बनाएर अलआउट भएपछि नेपाल ५९ रनले विजयी भएको हो । मलेसियाका लागि वान मुहम्मद अजामले सर्वाधिक १६ रन बनाए भने मुहमद हजिक अलिफले १८ तथा जिनेन्द्र मुरलीले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
फाइनलमा नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरेका थिए । नेपालका बलरहरुले ६ ओभर मेडन बलिङ गरेका थिए । नेपालका लागि बिशाल कुमार पटेलले ४ विकेट लिए भने दीपक बोहोराले ३ विकेट लिएका थिए । त्यस्तै निखिल कुमार सिंह र क्रिस कार्कीले एक(एक विकेट लिएका थिए ।

यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ३५ ओभरमा ९ विकेट गुमाउदै १४० रनको बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वा्धिक ४० रन बनाएका थिए । त्यस्तै ओपनर दीपक बोहोराले २३ रन बनाए भने कप्तान बिशाल बिक्रम केसीले १७ रन बनाएर आउट भएका थिए । त्यस्तै निखिल कुमार सिंहले १३ रन बनाएर आउट भएका थिए । नेपालका लागि कप्तान बिशाल र प्रशान्तले सर्वा्धिक ३५ रनको साझेदारी गरेका थिए । त्यसपछि प्रशान्त र रोहण दुधराज बिकमिलेर २७ रनको दोस्रो ठुलो साझेदारी गरेका थिए । ओपनर दीपक बोहोरा र सुशान्त थापाले २२ रनको साझेदारी गरेपछि नेपालको विकेट झर्न सुरु भएको थियो ।

नेपालका लागि शुसंत थापाले ५, अइस भट्टराईले २, रोहण बिकले ९, बिशाल कुमार पटेलले २, क्रिस कार्कीले ९ रन बनाएर आउट भएका थिए । त्यसपछि तिलक राज भण्डारीले अविजित ८ रन बनाए भने रमेश कुर्मीले अविजित २ रन बनाए । मलेसियाका बलर सचिनु हेटिजले सर्वा्धिक ३ विकेट लिए भने जिनेंद्र मुरलीले २ विकेट लिएका थिए । त्यस्तै अहमद अकमल, मुहमद अमिरुल, सिद्धार्थ कार्तिक र शर्भीन सुरेंद्रणले एक एक विकेट लिएका थिए । यसअघि २०१७ मा भएको यस प्रतियोगिता नेपालले जितेको थियो ।

नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । यहि २० अप्रिल देखि २८ अप्रिलसम्म थाइल्याण्डको चियांगमैमा हुने यस ३५(३५ ओभरको यस प्रतियोगितामा नेपालसहित ८ देश सहभागी भएका थिए । प्रतियोगिताको समूह ए मा नेपालसँगै मलेसिया, म्यानमार र थाइल्याण्ड छ भने समूह बीमा सिंगापुर, हङकङ, चीन र भुटान रहेका थिए । यो प्रतियोगिता खेल्ने टिममा विशाल विक्रम केसी (कप्तान), आशिष भट्टराई, प्रशान्त महत, अर्जुन कुमाल, दिपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल, क्रिस कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रशान्त सिंह र सुशान्त थापासहित १४ खेलाडी रहेका छन् । नेपाली यू(१६ टिमको प्रशिक्षकमा बसन्त शाही रहेका छन् भने म्यानेजर सन्दीप शर्मा र दिनेश भट्ट फिजियो रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार