काठमाडौं, १५ बैशाख । लामो समयदेखि सरकारलाई बुझाउनुपर्ने राजस्व र मजदुरलाई दिनुपर्ने तलबभत्ता नदिई अदालतको आदेशबाट सञ्चालनमा रहेको रोयल क्यासिनोलाई गत शुक्रबार मजदुरहरुले कब्जामा लिएका छन् । दरबारमार्गस्थित रहेको होटल याक एण्ड यतिमा सञ्चालित रोयल क्यासिनो मजदुरहरुले सो क्यासिनो कब्जा गरेका हुन् । जयन्ति थापामगरको अगुवाइमा मजदुरहरुले भारतमा बस्ने आशिष पटेललाई दिइएको अनलाइन मोनिटरिङ सिस्टमलाइन समेत बन्द गरेको छ । पटेलका प्रतिनिधिहरु एजुकेटिभ डाइरेक्टर निशान्त पटेल, फुर्ड एण्ड बेभरेजका प्रशान्त पटेल, मार्केटिङ प्रमुख वसन्त सापकोटा र फाइनान्स प्रमुख अपी जोशी समेत गरी चार जनालाई मजदुरहरुले होटलमा छिर्न समेत प्रतिबन्ध लगाएका छन् । एकातर्फ मजदुरले सरकारलाई बुझाउनुपर्ने कर र बक्यौता रकम नबुझाई अटेर गरेर बसेकी सो क्यासिनोको सञ्चालक जयन्ती थापामगरले पछिल्लो समयमा पर्यटन विभागलाई पठाएको पत्रबाट चित्त नबुझेपछि तत्काल बाँकी बक्यौता र कर चुक्ता गर्नु गराउनु भन्दै दोस्रो पत्र पठाएपछि अन्नत थापामगर अप्ठ्यारोमा परेकी थीइन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले गिल्ट इन्भेष्टमेण्ट प्रालि दरवारमार्गको नाममा दोस्रो पत्र पठाई बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ । सो विभागले पठाएको पत्रमा सर्वोच्च अदालतको मिति २०७२/११/१५ को अन्तरिम आदेशबमोजिम होटल याक एण्ड यति दरबारमार्ग, काठमाडौंमा त्यस कम्पनीद्वारा सञ्चालित क्यासिनो सम्पूर्ण सेयर साबिक सञ्चालक सुरेन्द्रबहादुर सिंहको नामबाट जयन्ती थापाको नाममा कम्पनी रजिष्ट्रार कार्यालयको मिति २०७५/५/१७ को निर्णयअनुसार लगत कायम भएपछि पनि कर नबुझाएकोमा तत्काल बुझाउन दोस्रो पत्र पठाएको हो ।
कम्पनीको सेयर हस्तान्तरणका समयमा साबिक सञ्चालक र हालको सञ्चालकबीच कम्पनीले सरकारलाई बुझाउनुपर्ने बक्यौता भुक्तानी सम्बन्धमा के कस्तो व्यवस्था गरिएको छ, सो सेयर खरिदबिक्री सम्झौताको एकप्रति यथाशीघ्र विभागलाई उपलब्ध गराई कर चुक्ता गर्न समेत निर्देशन दिएको विभागले जनाएको छ । महालेखा परीक्षकबाट लेखापरीक्षणका क्रममा कायम भएको बेरुजु र क्यासिनो सञ्चालनबापतको रोयल्टी त्यसमा लाग्ने शुल्क तथा थप शल्क समेतको बक्यौता रकम यस विभागसँग समन्वय गरी १५ दिनभित्र चुक्ता गर्न निर्देशन दिएको हो ।
यसअघि पनि विभागबाट बक्यौता भुक्तानी सम्बन्धमा विभिन्न मितिमा पत्राचार भएको भए पनि कम्पनीको तर्फबाट बक्यौता रकम भुक्तानी सम्बन्धमा तदारुकता देखाएको नपाइएकाले ताकेतास्वरुप यो पत्राचार पठाएको जनाएको छ । विभागले पठाएको पत्रमा उल्लिखित म्यादभित्र बक्यौता नबुझाएमा प्रचलित कानुनबमोजिम हालको सञ्चालक सेयरधनीका नाममा बक्यौता कायम गर्ने गरी कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा सरकारी बाँकीसरह असुलउपरका लागि लगत कायम गर्न पठाइने व्यहोरा समेत आदेशानुसार गर्नु गराउनु भन्दै पत्र पठाएको हो । पर्यटन विभागले क्यासिनो रोयलकी सञ्चालिका थापामगरले पठाएको पत्रबाट चित्त नबुझेपछि पुनः पठाएको पत्रको जवाफ दिनुभन्दा अघि आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसक्ने देखिएपछि नयाँ लगानीकर्ताको खोजीमा सक्रिय भएकी छिन् । थापामगरले आफू सुरक्षित हुन र कारबाहीबाट बच्नकै लागि लामो समयदेखि विभिन्न क्यासिनोमा रहेर कर र बक्यौता नबुझाई भागेका मनोज सुबेदीसँग क्यासिनो रोयलमा लगानीकर्ताको रुपमा भित्र्याउने गरी वार्ता गरि भारतीय लगानीकर्ता लाई धोका दिएकि छन् ।
सुरेन्द्रबहादुर सिंहसँग क्यासिनो रोयलको सबै सेयर खरिद गरेको भन्दै चर्चा भएसँगै थापाले हालसम्म ७३ करोड रुपैयाँभन्दा बढी रकमको स्रोत देखाउनुपर्ने र उनको सम्पत्तिमाथि छानबिन गरी कारबाहीको माग राख्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेपछि सो कारबाहीबाट जोगिनकै लागि मनोज सुबेदी नामको व्यक्तिलाई क्यासिनोमा भित्र्याउने तयारी गरेको समेत स्रोतको भनाइ रहेको छ । उनीहरुले कर्मचारीहरुको करौडौ तलब र संचयकोष समेत तिर्न बाकि रहेको छ । अहिले थापामगरको गिरोहले केहि मजदुर नेताहरुलाई आर्थिक प्रलोभनमा पारि क्यासिनो कब्जा गरेका हुन् । उनीहरुको समुहले जयन्ति थापामगरलाई लगानी गर्ने पर्दा पछाडिको क्यासिनोको बास्तबिक मालिक आशिष पटेललाई क्यासिनो प्रबेश बन्द गरेका छन् । पटेलले आफ्ना बिश्वाशको पात्र जयन्तिको नाममा क्यासिनो रोयल पास गराएका थिए । अहिले थापामगरले मनोजबाट एक करोड नगद लिई पर्ति महिना पच्चीस लाख लिने सर्तमा क्यासिनो कब्जा गरि मनोजलाई दिएको एक मजदुर नेताले जनसवाललाई बताए ।