पोखरा(जस)-पोखरामा सम्पन्न लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशनले लायन बर्ष २०१९र२० का लागि डिष्ट्रिक गभर्नर पदमा इन्दु लम्साल, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका एस भोटका साथ विजयी भएका छन् । द्वितीय भाइस गभर्नर पदका लागि प्रतिस्पर्धी ध्रुव श्रेष्ठलाइ पछाडि पार्दै विशेश्वर आचार्य विजयी हुनु भयो । आचार्य ५ सय ४४ मतका साथ विजयी हुँदा श्रेष्ठले ३ सय ३० मत पाउनु भएको थियो ।
कुल ८९१ मतदाता रहेको महाधिबेशनमा ८७६ मत खसेको थियो । डिष्ट्रिक्ट गभर्नर लम्साललाई खसेको मतको ७७५ एस भोट ८७ नो भोट र १४ बदर भएको थियो भने प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर रोकालाई ७६८ एस भोट ९६ नो भोट र १२ भोट बदर भएको निर्वाचन संयोजक पूर्व डिष्ट्रिक्ट गर्भनर गौतममान श्रेष्ठले जानकारी दिनु भयो ।
यसैबीच नवनिर्वा्चित गभर्नर इन्दुु लम्सालले क्याविनेट सेक्रेटरी सहित केही महत्वपूर्ण पदमा नियुक्तिसमेत गरेकी छन् । लम्सालले क्याविनेट सेक्रेटरीमा विनोद ढुंगाना, ट्रेजरमा भीम लाल पौडेल, चिफ एडभाइजरमा महेन्द्र पौडेल, पिआरओ इन चिफमा रामचन्द्र पोखरेल तथा डिष्ट्रिक्ट एडमिनिटरमा उदय कुमार नेपाललाई नियुक्त गरेकी छन् ।
नवनिर्वा्चित गभर्नर लम्सालले सबैको साथ र सहयोगबाट लायन वर्ष २०१९र२० लाई उत्कृष्ट बनाउने प्रतिबद्धता ब्यक्त गरेकी छन् भने प्रथम र द्वितीय भाइस गभर्नर रोका र आचार्यले गर्भनरलाई सफल बनाउन हरतरहले लाग्ने बताए । यसै गरी लियो डिष्ट्रिक ३२५ बी १ नेपालको सातौ महाधिबेशनबाट लियो जिल्ला परिषदको अध्यक्षमा विनायक पौडेल १७१ एस भोटका साथ विजयी भएका छन् । लियो जिल्ला परिषदको उपाध्यक्ष पदमा ३ जना बिच प्रतिश्पर्धा हुँदा लियो आर्दशमोहन भट्टराईले १३४ मतका साथ विजय भएका छन् भने प्रतिश्पर्धी काठमाडौंका आशिष रिजालले ३७ र बाग्लुङका भुवन कँडेलले १८ मत प्राप्त गरेका थिए ।
महाधिबेशनको उद्घाटन गर्दै लायन्सका निवर्तमान अन्र्तराष्ट्रिय प्रेसिडेन्ट डा नरेश अग्रवालले बिश्वका लायन्स क्लबहरुको ध्यान नेपालमा केन्द्रित भएको बताउदै नेपालका लायन्सले गरेको कार्यहरु उत्कृष्ठ र उदारणीय रहेको र आगामी दिनमा पनि अझै सकृय रुपमा लाग्न आग्रह गरे ।
महाधिबेशनमा पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल,दिपक श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठ, गिरधारी शर्मा, पुर्व डिष्ट्रिक्ट गर्भनर ध्रुव बहादुर थापा, भुयोल शेरचन युक्तप्रसाद श्रेष्ठ, योगेन्द्र प्रधान क्याविनेट सेक्रेटरी राम बसेल, द्वितीय भाइस गभर्नर पदका प्रत्यासी ध्रुव श्रेष्ठ, चिफ पिआरओ परमेश्वर बराल लगाएतले नेपालमा लायन्सले पुर्याएको योगदानको बिषयमा चर्चा गरेका थिए ।