सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राम्रो काम गर्दागर्दै पनि राजनितीक आस्थाकै आधारमा फिर्ता बोलाइए कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइराला

बिहिबार, बैशाख १२ २०७६

काठमाडौ (जस)–सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।
सरकारले आवश्यकता महसुसस गरी राजदूत कोइरालालाई फिर्ता बोएको मन्त्री बाँस्कोटाले बताए । अहिलेसम्मको कार्यकालका लागि राजदूत कोइरालाई धन्यवादसमेत दिए । कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले राजदूत बनाएको थियो । वर्तमान सरकारले यसअघि इजरायलका लागि नेपाली राजदूत निरञ्जनकुमार थापालाई पनि फिर्ता बोलाएको थियो । कतारमा राम्रो काम गरेरको भनेर प्रशंशा कमाएका राजदूत कोइरालालाई नेपाली काँग्रेसको सिफारिसमा राजदूत बनेकाले फिर्ता बोलाईएको जानकारहरु बताउँछन् ।

आफुलाई फिर्ता बोलाइएकोबारे जनसवाल डटकमसँग प्रतिक्रिया दिदैं राजदूत कोइरालाले आफु राजदूत रहँदा कतारमा रहेका नेपाली कामदार, नेपाली व्यवसायी र नेपालको कुटनितकि हितकालागि राम्रै काम गरेको बताए । राजदूतलाई फिर्ता बोलाइएकोमा कतारका केही सङ्घसंस्था र केही सामाजिक अगुवाहरूले राजनितकि आस्थाका आधारमा राजदूत कोइराला फिर्ता बोलाउनु दुखद रहेको बताउँदै अब कतारले यस्तो राजदूत नपाउने भन्दै सरकारी निर्णयको विरोध गरेका छन् । यता राजदूत कोइरालाले भने आफू रहुन्जेल सक्दो राम्रो काम गरेको बताए ।

राजदूतलाई फिर्ता गर्ने सरकारको निर्णयबारे लमजुङ्ग समाज कतारका संरक्षक पूर्ण बहादुरले सामाजिक सञ्जालमा लेखेका छन् –‘ कतार बसाइको १२ बर्ष लाग्दै गर्दा हालका महामहिम राजदुतज्यु अन्य हेरि केही सक्रिय र लगनशील, नेपालमा पनि यस्तो छ है भनेर नेपालको बारेमा चिन्तित हुने मध्येमा लाग्थ्यो । वहाँबाट दुई देश बिच सहकार्यका लागि भएका प्रयासहरु महत्त्वपूर्ण छन्, रहनेछन । तर राम्रो लाई नभै, हाम्रालाई हुने नेपालको चाल् चलनले अझैैं तलतिर यच ढुंगे युग्लातिर लाने पक्का जस्तै भएको छ । हामी नेपाली भनेर शिर ठाडो गर्ने कहिले ??? राम्रा मान्छे भगवानका पनि पियारा हुन्छन् रे भनेको उखान जस्तै राम्रा मान्छेलाई समय नदीइ हाम्रालाई दिने नेपाली चलनले जस्तै अरु दाजु भाई तथा दिदिबहिनि साथीभाइ को चित्त दुखेको अवस्था ! साथै यस्को अन्त्य हुने कहिले ?? जस्तो प्रश्न सधैं मन्मै मात्र हुने कि ?? समाधान पनि ?? कुट्नितिक जस्ता संवेदनशील बिषयमा पनि राजनीतिक भागबण्डा हुनु कती उचित् जस्ता प्रश्न को हल कहिले हुने ?

प्रतिक्रिया
सम्बन्धित समाचार