काठमाडौ (जस)– आज बैशाख १२ गते चौथो भूकम्प दिवस । यसै अवसरमा लाप्राकको गुप्सीपाखामा निर्माणाधिन लाप्राक एकिकृत नमूना बस्तीमा पुगी लाभग्राहीहरुसंघ गैरआवासीय नेपाली संघ(एनआरएनए) ले स्थानीयसँग अन्तरक्रिय कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा अध्यक्ष भबन भट्ट, उपाध्यक्ष सपिला राजभन्डारीलगायत एनआरएनए पदाधिकारीहरुले स्थानियहरुसंग बस्ती तथा अन्य विषयमा विभिन्न छलफल गरेका थिए ।
कार्यक्रममा एनआरएनए नमूना बस्तीको रंगरोगनसहित बाह्य संरचना सबै सम्पन्न भएको एनआरएनए अध्यक्ष भट्टले जानकारी गराए । उनले छिट्टै नै बिशेष कार्यक्रम गरी स्थानीयलाई उक्त घरहरु हस्तान्तरण गर्ने तयारीमा रहेको बताए ।

भट्टले मौसमको प्रतिकूलताको बिचमा पनि एनआरएनए साथीहरुको अहोरात्रको मेहनत, स्थानीयको सहयोग र नेपाली सेनाको उल्लेखनिय सहयोगले भवन निर्माण सम्पन्न भयकोमा खुसि ब्यक्त गर्दै सहयोगी सबैलाई बिशेष धन्यबाद दिनुका साथै बिश्वका विभिन्न देशमा रहेर पनि देशलाई बिपती परेको बेलामा आफ्नो गाश काटेर सहयोग गर्ने एनआरएन हरुलाई बिशेष धन्यबाद दिए ।

उनले भाबी दिनमा पनि यस्तै सहयोगको आशा र अपेक्षा गर्दै बिशेष कार्यक्रम गरेर भबनहरु हस्तान्तरण गर्ने बता ए । कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
















