मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

शाइन रेसुङ्गाको नाफा ३१ प्रतिशतले बढ्यो

बुधबार, बैशाख ११ २०७६

काठमाडौं(जस)–शाइन रेसुङ्गा डेभपमेन्ट बैंकको नाफा ३१ प्रतिशतले बढेको छ । यो बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा चालू आथिक वर्ष २०७५र७६ मा ७ करोड ३७ लाख रुपैयाँले बढेको छ । बैंकले जारी गरेको चालू आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले ३१ करोड ९ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा कमाएको यस्तो नाफा २३ करोड ७२ लाख रुपैयाँ थियो । यो बैंकको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
यो संस्थाले १६ अर्ब ९८ करोड रुपैयाँको निक्षेप संकलन गरेर १५ अर्ब २९ करोड रुपैयाँको कर्जा प्रवाह गरेको छ । यो बैंकले चालू आवमा व्याज आम्दानीबाट १ अर्ब ५४ करोड रुपैयाँ कमएको र यसवापत गरेको खर्च ९० करोड मात्रै रहेको छ । यो संस्थाले खुद व्याज आम्दानी ६३ करोड ९८ लाख रुपैयाँ छ । यसको प्रति शेयर आम्दानी २५.५५ रुपैयाँ र प्रति शेयर नेटवर्थ १३९.५९ पैसा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार