मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

लुम्बिनी विकास बैंकको मुनाफामा ८६ प्रतिशतले वृद्धि

बुधबार, बैशाख ११ २०७६

काठमाडौं(जस)–लुम्बिनी विकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा ३४ करोड ३४ लाख रुपैयाँ कमाएको छ । जबकी गत वर्षको सोहिअवधिको तुलनाभन्दा ८६ दशमलव २६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्ष सोहिअवधिमा नाफा १८ करोड ४४ लाख रुपैयाँ कमाएको थियो । २ अर्ब २० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी भएको लुम्बिनी विकास बैंकले जगेडाकोषमा १ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा २४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ संकलन गरि कर्जामा २२ अर्ब ३६ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा कर्जा २९ दशमलव ४१ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ३७ दशमलव ७ प्रतिशतले बढेर ७३ करोड २४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १६८ दशमलव ८५ प्रतिशतले बढेर ४९ करोड २१ लाख रुपैयाँ पुगेको छ । बैंकले यस त्रैमासमा प्रोभिजन छुटाएको छैन भने खराब कर्जा ७८ लाख रुपैयाँ उठाएको छ । लुम्बिनी विकास बैंकको निष्कृय कर्जा २ दशमलव १३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव ७९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २० दशमलव ७३ रुपैयाँ, मुल्य आम्दानी अनुपात ८ दशमलव ४ गुणा, प्रतिशेयर नेटवर्थ १६६ दशमलव ३२ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ७२ प्रतिशत रहेको छ ।  

प्रतिक्रिया
सम्बन्धित समाचार