काठमाडौं, ११ वैशाख । डडेल्धुराको गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० बढी घाइते भएका छन् । मृतकहरुको दुर्घटना स्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।
भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो। धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटनामा परेको हो ।
बस नम्बर खुलेको छैन। मृतकहरुको सनाखत हुन सकेको छैन। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ।