मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख जम्मा

मंगलबार, बैशाख १० २०७६

काठमाडौं(जस)–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ३७ हजार ९७ जम्मा गरेको छ । बारा र पर्सामा विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५’ को स्थापना गरेको थियो ।
बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहत कोषमा बैंकको तपÞर्mबाट १० लाख जम्मा गरेको थियो । त्यसैगरी, सहयोगी दाताहरूबाट जम्मा भएको रकम सहित कुल रकम १० लाख ३७ हजार ९७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरेको यस परोपकारी कार्यको लागि प्रधानमन्त्रीबाट बैंकलाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार