शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कतारमा नेपाल कम्यूनिष्ट पार्टीको ७०औं स्थापना दिवस भव्य रुपमा मनाइयो

मंगलबार, बैशाख १० २०७६

दोहा (जस)– कतारमा नेपाल कम्यूनिष्ट पार्टीको ७०औं स्थापना दिवस भव्य रुपमा मनाईएको छ । चानक पोखरेलको अध्यक्षतामा कतारको दोहामा आईतबार नेपाल कम्यूनिष्ट पार्टीको ७०औं स्थापना दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

प्रवासमा रहेको नेकपा संगठन प्रवासी नेपाली मन्च कतार तथा नेपाली जनप्रगतिशील मन्च कतारको संयुक्त आयोजनमा चियापान तथा शुभकामना कार्यक्रम भएको हो । उपस्थितलाई नेकपा संगठन प्रवासी नेपाली मन्च कतार अध्यक्ष चानक पोखरेलले धन्यबाद ब्यक्त गरे । कार्यक्रममा तत्कालीन नेकपा माओबादी र एमाले दुबै पार्टीका नेता तथा कार्यकर्ताहरु ऊत्साहका साथ साथ उपस्थित भएका थिए ।

कार्यक्रममा बोल्दै पोखरेरलले नेपाल कम्यूनिष्ट पार्टीको ७०औं स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गरेका थिए । १९४९ अप्रिल २२ मा कमरेड पुष्पलालको नेत्तृत्वमा स्थापीत नेपाल कम्युनिस्ट पार्टीले ७०औ वर्षको लामो जीवनमा ऐतिहासिक कार्यभारको अगुवाई गर्दै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा जनबादी क्रान्तिको प्रमुख कार्यभार पुरा गरेको पोखरेलले बताए । ‘ देश राजनितीको बारे चिन्ता र सरकारको बारेमा प्रवासबाट पनि सफल बनाउनु पर्छ,’ अध्यक्ष पोखरेलले भने । पोखरेल पार्टी एकतापछि संयुक्त नेकपाका अध्यक्ष हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार