मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

धोनीको तुफानी ब्याटिंगका बाबजुत बैंगलोर एक रनले विजयी

सोमबार, बैशाख ९ २०७६

काठमाडौं, ९ बैशाख । आइपिएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपरकिंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलोरले चेन्नईमाथि एक रनको सनसनीपूर्ण जित निकालेको हो । बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नई २० ओभरमा ८ विकेट गुमाउदै नाटकीय रुपमा १६० रनमा समेटिएको थियो । चेन्नईका कप्तान महेन्द्र ह धोनीले ४८ बलमा ८४ रन बनाए पनि अन्तिम बलमा जितका लागि आवश्यक २ रन बनाउन असफल भएका थिए । अन्तिम बलमा श्रदुल ठाकुरलाई बैंगलोरले रन आउट गरेर खेल एक रनले जितेको थियो ।

चेन्नईका लागि धोनीको तुफानी ८४ रन बाहेक अम्बाती रायाडुले २९, रविन्द्र जड़ेजाले ११ रन बनाएका थिए । बैंगलोरका बलर डेल स्टेन र उमेश यादवले २-२ विकेट लिएका थिए । त्यस्तै नवदीप सैनी र युजवेंद्र चहलले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो । बैंगलोरका लागि पार्थिव पटेलले सर्वाधिक ५३ रन बनाएका थिए । त्यस्तै मोइन अलीले २६, एबी डिभिलीयर्सले २५, आकाशदीप नाथले २४ र मार्कोस स्टोइनिसले १४ रन बनाएका थिए । चेन्नईका बलर दिपक चहर, रविन्द्र जड़ेजा र डावने ब्राभोले २-२ विकेट लिएका थिए भने इमरान ताहिरले एक विकेट लिएका थिए ।

प्रतियोगितामा १० खेल खेलेको रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ भने चेन्नई सुपरकिंग्सले तेस्रो हार बेहोरेको छ । चेन्नई हारका बाबजुत १४ अंकसहित अझैपनि शिर्ष स्थानमा रहेको छ । आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स राजस्थान रोयल्ससँग जयपुरमा खेल्दै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार