आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

राष्ट्रपतिद्धारा सङ्घीय संसद्को अधिवेशन वैशाख १६ मा आह्वान

सोमबार, बैशाख ९ २०७६

काठमाडौं, ९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १६ गतेदेखि दुवै सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही वैशाख १६ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मलेन केन्द्र नयाँ बानेश्वरमा दुवै सङ्घीय सदनको अधिवेशन आह्वान गरिएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

यसअघि गत चैत १० गते हिउँदे अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार