आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

तेक्वान्दो खेलाडीलाई सिटी एक्सप्रेसको सहयोग

शनिबार, बैशाख ७ २०७६

काठमाडौं(जस)–तेक्वान्दो च्याम्पियनशिपका लागि जापान जान लागेका खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराएको छ । जापानको ओसाकामा हुन गइरहेको १७ औं वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भाग लिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराई सहयोग गरेको हो ।

उक्त वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप जापानको ओशाकामा यहि अप्रिल २० तारिक देखि सुरु हुँदैछ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार