काठमाडौं । नेपाल विज्ञापन संघले आगामी भदौ ५ मा आयोजना गर्न लागेको एघारौं कृति अबार्डसको टाईटल स्पोन्सर चौधरी ग्रुप हुने भएको छ । बिहिबार एक कार्यक्रमका बीच चौधरी ग्रुप र नेपाल विज्ञापन संघले स्पोन्सर सम्झौतामा हस्ताक्षर गरेका छन् ।
स्पोन्सर सम्झौतामा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशि’का बीच हस्ताक्षर भएको छ । स्पोन्सर सम्झौता कार्यक्रममा सिजिका बरिष्ठ महाप्रबन्धक प्रदिप पुडासैनी, सहायक महाप्रबन्धक लालबाबु प्रसाद तथा आनका पूर्वअध्यक्ष लगायत पदाधिकारिहरुको समेत उपस्थिति रहेको थियो ।
नेपाल विज्ञापन संघले बिगत २०६० सालदेखि कृति अवार्डसको आयोजना गर्दै आएको छ । केहि वर्षदेखिका संस्करणहरुमा सिजि गु्रपले प्रायोजन गर्ने गरेको छ ।