काठमाडौं । मलेसिया स्वस्थ्य परीक्षणका लागि मापदण्डसहित आवेदन दिन मन्त्रालयले दिएको म्याद सोमबार सकिएको छ । यसका लागि उत्साहजनक रुपमा पहिले सूचीकृत भएका २२६ र अहिले थप आवेदन दिएका १२६ गरि कुल ३५२ मध्येबाट २९० स्वास्थ्य संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुनका लागि आवेदन दिएका छन । यसमा उपत्यका र बाहिरका केही ठूला अस्पताल तथा मेडिकल कलेजसमेतले आवेदन दिएका छन ।