बैशाख २, काठमाण्डौ / गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते (अप्रिल २६ र २७) मा आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डिटीएम) भव्य, सब्य र स्तरीय बनाउन ईभेन्ट म्यानेजमेन्ट र नेपाल एकेडमी अफ होटल एण्ड टुरिजम म्यानेजमेन्ट (नाथम) बिच ६ बुँदे सम्झौता भएको छ । सम्झौता अनसार नाथम र डिटीएम बिच सहकार्य गर्दै पार्टनरसिपका माध्यमबाट अगाडि बढ्ने सहमति भएको हो ।
नाथम कार्यालय रबिभवनमा डिटीएमका तर्फबाट संयोजक माधबप्रकाश सुबेदीको उपस्थीतिमा अध्यक्ष शिब अधिकारी ‘अबिरल’ र नाथमका कार्यकारी निर्देशक दुर्गादत्त ढकालबिच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । मेलालाई सफल पार्न नाथमले पूर्ण प्रयास गर्ने बताएको छ । मेलाको मिति नजिकिदै गर्दा पर्यटन सम्बद्ध व्यवसायीहरुमा उत्साह थपिदै गएको छ । सरकारको भिजन पर्यटन वर्ष-२०२० को मिसनलाई सफल पार्न मेला आयोजना गरिएको आयोजकले बताएको छ ।