शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रदेश २ मा आज सार्वजनिक बिदा

सोमबार, बैशाख २ २०७६

धनुषा, २ बैशाख ।प्रदेश २ सरकारले आज वैशाख २ गते, साेमबार जुडशितल पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीले विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा आज अर्थात् वैशाख २ गते सोमबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराउनु भएको हाे ।

मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरी शीतलता, सुख, शान्ति, एवं दिर्घायुको कामना गरी आशिर्वाद दिने चलन छ ।

यस्तै रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गर्ने गरिन्छ । जुडशितलको दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्ठान्न परिकार बनाएर खाने चलन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार