आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

उपभोक्ताका लागि नयाँ बर्षमा ‘उपहार, अफर र मनछुने योजना’

आइतबार, बैशाख १ २०७६

अस्मिता तिवारी / काठमाडौं(जस)–नेपाली नयाँ वर्ष विस २०७६ शुरु भएको छ । नयाँ वर्षको अवसर पारेर विभिन्न योजना बनाउने, बाचा बन्धन गर्ने तथा घुमफिरसम्मका योजना बनाउन नेपालीहरु ब्यस्त छन् । नयाँ वर्षको मौका पारेर जनतादेखि नेतासम्मले शुभकामना दिइरहेका छन् । यस्तो अवसर विशेष गरि व्यापारिक तथा व्यवसायिक कम्पनीह्रुकालागि झन् विशेष हुने गर्छ । आफ्नो उत्पादनको प्रवद्र्धन गर्दै विभिन्न उपहार तथा अफर ल्याएर कम्पनीहरुले उपभोक्ता आकर्षित गरिरहेका छन् । अटोमोबाइलदेखि मोबाइलसम्म, टेलिभिजनदेखि रेफ्रिजेरेटसम्म, सुनदेखि हिरासम्म, डिपार्टमेन्टल स्टोरदेखि बैंकसम्मले उपभोक्तामुखी विभिन्न योजना र अफर ल्याएका छन् । यस्ता छन् अहिले नेपाली बजारमा नयाँ वर्ष २०७६ को लागि उपभोक्तामुखी विशेष अफर र योजनाहरु ः
यामाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘ह्याप्पी न्यू यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सुक्का जित्ने मौका पाउनेछन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् जसमा एक लाख रुपैयाँसम्म नगद छुट पाउन सकिने छ । ‘नयाँ वर्ष योजनाले नयाँ वर्षको उल्लासलाई झन् बढाउने कम्पनीले बताएको छ । यो योजनामा ग्राहकले नगद छुट र सुनको सिक्का जित्ने मौका पाउनेछन् । यो डबल बोनान्जा अफर हो,’ एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सिइओ चिरञ्जीवी शाहले भने, ‘हामी हाम्रा ग्राहकलाई विश्वस्त पार्न चाहन्छौं कि यो यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने सबैभन्दा उत्तम समय हो ।’ नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र हुनेछ जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्नेछन् । यामाहाले नयाँ वर्ष अफरमा सात सय जना आफ्ना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिनेछन् ।
ग्लोबल आइएमई बैंकको ‘सबै नेपालीको बचत खाता’
ग्लोबल आइएमई बैंकको ‘सबै नेपालीको बचत खाता’ संचालनमा आएको छ । नेपाल सरकारले नयाँ वर्ष २०७६ बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत ‘सबै नेपालीको बचत खाता’ शिर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले शुरु गर्न लागेको अभियानलाई सघाउने उद्देश्यले बैंक खाता नहुने नेपाली नागरिकहरुलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता शुरु गरेको हो । आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्र्तगत खाता खोल्ने ग्राहकहरुलाई बैंकले १०० बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ । उक्त खाता ग्लोबल आइएमई बैंकका सबै १३६ शाखा तथा ९ वटा एक्सटेन्सन काउण्टर मार्फत खाता खोल्न सकिनेछ । नागरिकता, राहदानी, फोटो सहितको मतादाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने बैंकले जनाएको छ ।
एनआईसी एशिया क्यापिटलद्वारा‘एक नेपाली, एक डिम्याट खाता’
एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ । व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको थालनी गरेको हो । एन आई सी एशिया क्यापिटलले आम जनतामाझ डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गर्ने जनाएको छ । एन आई सी एशिया क्यापिटल लिमिटेडले सोहि अभियानलाई थप टेवा पुर्याउन २०७६ अषाढ मसान्त सम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरिएकोे छ । सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने विश्वास लिईएको छ । एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय मर्चेण्ट बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नविनतम सेवाको रुपमा स्थापना गर्ने कार्य गर्दै आईरहेको छ ।
होण्डाको नयाँ वर्ष योजना ः ५ लाख नगद उपहार
होण्डा नेपालले नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै आफ्नो ग्राहकहरुलाई ५ लाख नगद उपहार प्रदान गर्ने भएको छ । ‘खुसी लाखौंको’ नामक यस योजनाअन्तर्गत ग्राहकहरुले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५ लाख जित्ने अवसरका साथै हात खाली नजाने अन्य थुप्रै नगद उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।
एनआईसी एशिया बैंकको ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ संचालन
एनआईसी एशिया बैंक लिमिटेडले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ संचालन गरेको छ । नेपाल राष्ट्र बैंकको ‘समृद्धसँग जोडौँ नाताः सबै नेपालीको बैंक खाता’ भन्न नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै एनआइसीले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालन गरेको हो । २०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले रु. १०० नगद खातामा जम्मा गरि दिने जनाएको छ
यूएम बाइकले ल्यायो ‘नयाँ वर्षको बहार’
यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६लाई लक्षित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । सो अफर चैत २५ देखि लागू भएको छ र आगामी बैशाख मसान्तसम्म सञ्चालन हुनेछ । डर्टर क्रुजर बाइकमा ख्याती कमाइ सकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोक प्रिय छन् । नेपाली बजारमा यूएमका डीएस आर २००, डीएस आर २३०, हाइपरस्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन् । नेपाली बजारमा भएका १८० देखि ३०० सीसीका क्रुजर बाइकहरु उल्लेखनिय संख्यामा बिक्री भएको आईएमई अटोमोटिभ्सले जानकारी दिएको छ । विगत ५ वर्षको दौरानमा कम्पनीले यी बाइकहरुलाई अपग्रेड गर्नुका साथै विभिन्न सेवाद्वारा सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दावी छ । अमेरिकी बाइक निर्माता कम्पनी यूएमको शोरुम गैरीधारामा छ ।
नयाँ वर्षमा केटीएमको ‘थ्रिल विटआउट द बिल’
नेपालको लागि केटीएमको एक मात्र आधिकारिक वितरक हन्सराज हुलासचन्दले नयाँ वर्षको अवसरमा ‘थ्रिल विटआउट द बिल’ अफर ल्याएको छ । यो अफर यस प्रिमियम बाइकको सबै नयाँ खरिदकर्ताहरुका लागि लागू गरिएको छ । नेपालमै प्रिमियम सेग्मेन्टको मोटरसाइकलहरुमा सबैभन्दा धेरै बिक्री हुने केटीएमले नयाँ वर्षको अवसरमा विभिन्न सेवाहरु र पार्टपूर्जामा २ वर्षको लागि बिना शुल्कको मर्मत–संभार सेवा प्रदान गर्दैछ । यो अफर यही चैतको १ गतेदेखि लागू भइरहेको छ । यस अफर अन्र्तगत् पार्टपूर्जा, इञ्जिन आयल, सर्भि्सिङ र लेबर चार्ज शुन्य शुल्कमा प्रदान गरिने कम्पनीले जनाएको छ । ‘थ्रिल विटआउट द बिल’ अफरका साथ हन्सराज हुलासचन्द केटीएमले असली पार्टपूर्जाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुलाई भविष्यको मर्मत–संभारको खर्चलाई पनि न्यून बनाउन मद्दत गरेर उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
दराजको नववर्ष धमाका
नयाँ वर्ष २०७६ को उपलक्षमा दराजले उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज नववर्ष धमाका अभियान ल्याएको छ । दराजको यो अभियान चैत २७ गतेदेखि वैशाख ४ सम्म लागू हुनेछ । नयाँ दराज एपबाट हुने यस ८ दिने सेल्स अभियानद्वारा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०५ सम्मको छूट, ५ हजार रुपैयाँको मेगा भौचरहरु, ४ हजार सम्मको क्रेजी भौचरहरु, क्रेजी फ्ल्यास सेल्स, मिस्ट्री बक्सर अन्य उपहारहरु प्राप्त गर्न सक्ने जनाइएको छ । उपभोक्ताहरुले मिस्ट्री बक्स् खरीद गरी लक्की ड्र मा भाग लिन पाउने छन् । जसमा एक भाग्यशाली उपभोक्ताले ३२ इन्चको नयाँ भिडियोकन एन्ड्रोइड स्मार्ट टीभी जित्ने छन् । साथै नयाँवर्षमा घुम्न रुचाउनेहरुका लागि पनि दराजले बाली, पोखरा, चितवन जस्ता अन्य पर्यटकीय गन्तव्यहरुका लागि आकर्षक हलिडे प्याकेजेहरुको व्यवस्था गरेको छ ।
एलआईसी नेपालको ‘धनवृष्टि’ योजना
‘जीवन बीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा’ भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘धनवृष्टि’ नामक जीवन बिमा योजना बजारमा ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर कम्पनीले आयोजना गरेको एक समारोहबीच उक्त ‘धनवृष्टि’ योजनाको सार्वजनिक अनावरण बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरेका छन् । १३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बिमा योजना लिन सक्नेछन् । न्यूनतम बिमाङ्क रकम १ लाख कायम भएको छ । त्यसैगरी अधिकतम बिमाङ्कको सीमा बिमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिने कम्पनीले जनाएको छ । यस योजनामा बिमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बिमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३५ रकम फिर्ता हुन्छ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५५ रकम फिर्ता हुँदै जान्छ । बिमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमकोसाथमा बिमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बिमा अवधिमा बिमितको निधन भएमाबीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बिमाङ्क रकमकोसाथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ । नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नयाँ बिमा योजनाको बारेमा प्रकाश पारे । उनले ‘धनवृष्टि’ योजनामा बिमितले ३–३ वर्षमा नै आफुले लगानी गरेको बिमा शुल्कको ठूलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँग रहने र साथमा एलआईसी नेपालको जीवन बिमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’ लिन आग्रह गरे ।
हुण्डाई नयाँ वर्ष २०७६ योजना
हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली नयाँ वर्ष २०७६ लक्षित आकर्षक योजना हुण्डाई न्यू इयर डिलाइट सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले ५० हजारसम्मको एक्सचेन्ज बोनस तथा १५ हजारको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् ।
सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसीङ तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करौडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
एलजीको नयाँ वर्षमा खुशी अपग्रेड
नयाँ वर्ष २०७६ लाई लक्षित गरि एलजीले विशेष नयाँ वर्ष छुट योजना बजारमा ल्याएको छ । खुशीको अपग्रेड नामक यस योजना मार्फत एल.जी.का टेलिभिजन तथा साउन्ड सिस्टमको खरिदमा ४३ प्रतिशत सम्मको क्यास ब्याक पाउन सकिनेछ । साथै एल.जी.का टेलिभिनजहरुमा २ वर्षको वारेन्टी समेत रहेको छ । एलजीले सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा २० प्रतिशतसम्मको क्यास व्याक, डबल डोरमा मिक्चर, साईड वाई साईड रेफ्रिजेरेटरमा भ्याकुम क्लिनर, एसीमा फ्रि जडान र माईक्रो वेभ ओभनको खरिदमा कुकिङ किट पाइनेछ । त्यसैगरी एलजीका अन्य सामानको खरिदमा पनि आकर्षक अफरहरु रहेका छन् । यो योजना नेपालभरि चैत्र २० गते देखि सिमित अवधिको लागि मात्र लागू हुने एलजीले जनाएको छ ।
सामसुङको ‘हर्षमय नयाँवर्ष २०७६’ योजना
सामसुङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालद्वारा नयाँ वर्ष २०७६ को उपलक्षमा ‘हर्षमय नयाँवर्ष २०७६’ को अफर प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत सामसङले नयाँ वर्षको अवसरमा सामसङका सामानहरुको खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सकिनेछ । सामसङको ‘हर्षमय नयाँवर्ष २०७६’ अफर अन्तर्गत सामसङ टिभी खरिदमा ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । त्यसैगरी, रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्मको छुट र सामसङको वासिङ्ग मेसिनहरुको खरिदमा १८ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ ।
यस अफरअन्तर्गत सामसङ कन्जुमर इलेक्ट्रोनिक्स सामानहरुको खरिदकर्तालाई लक्की ड्रमा समावेश गरी उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । प्रथम हुने भाग्यशाली विजेताले सामसङको ५५ इन्चको कर्भ टिभी, द्वितीयलाई ४९ इन्चको कर्भ टिभी, तृतीय हुने भाग्यशली विजेताले सामसङको ५ इन १ कन्भर्टेवल रेफ्रिजेरेटर, चौथोलाई ८ केजीको फ्रन्टलोड वासिङ्ग मेसिन तथा पाँचौं हुनेलाई २८ लि.को हट व्लास्ट युक्त सामसङको माइक्रोवेभ ओभन प्रदान गरिने कम्पनीले बताएको छ । सामसङका आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारद्वारा यस नयाँ वर्षको अफर प्रदान गरिएको हो । यो अफर यही चैत्र १९ गतेदेखि लागू भई बैशाख ३१ सम्म रहने छ । यो अफर नेपाल अधिराज्यभर लागू हुनेछ ।
भिवो मोवाइलको उपहार योजना
नयाँ बर्षलाई लक्षित गरेर भिवो मोवाइल कम्पनीले विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ । चैत्र १८ देखि ३० गतेसम्म भिवोका कुनैपनि मोवाइल सेट खरिद गर्ने ग्राहकहरु उक्त उपहार योजनामा सहभागी हुन सक्ने छन् । भिवोका मोबाइल खरिद गर्ने ग्राहक मध्येबाट छनोट हुनेलाई आईपिएलको टिकट देखी स्मार्ट फोनसम्मका अफरहरु राखिएका छन् । भिवोले ‘नयाँ वर्षको वहार, आईपिएल टिकेट उपहार’ योजना ल्याएको छ ।
सुजुकी इन्टुडरको नयाँ वर्ष अफर
ुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट बाइक इन्ट्रुडरको प्रत्येक खरिदमा बैंकक भ्रमण वा ४३ इन्च स्मार्ट एलइडी टिभीको योजना ल्याएको छ । चैत्र १३ गते देखि लागु गरिएको यस योजना अन्तर्गत प्रत्येक इन्ट्रुडर बाइकको खरिदमा ग्राहकले आधुनिक स्टाइलिस तथा विशेष गुणहरु भएको इन्ट्रुडर बाइकका साथै बैंकक वा ४३ इन्च स्मार्ट एलइडी टिभी प्राप्त गर्न सक्नेछन् । यो योजना नव वर्ष २०७६ लार्ई मध्य नजर गरी सीमित अवधीको लागि लागु गरिएको कुरा कम्पनीले जनाएको छ । इन्ट्रुडर बाइक आपैmमा आकर्षक हुनुको साथै स्टाइलिस हेडलाइट, डिजिटल मिटर, तीक्ष्ण अनुपम दोहोरो विश्वास, सुविधाजनक क्रुजरबाइकमा बस्ने पोजिसन सहितको विलासितापूर्ण स्टालिङ्ग रहेको छ । यो चालकको सुरक्षाको लागि १५० सी सी को बाइक समूहमा ए बि एस जडान गरिएको एक मात्र क्रुजर बाइक हो ।
नयाँ वर्षमा टिभिएसको ‘सात छ हाम्रो’ अफर
जगदम्बा मोटर्स, अन्तर्रा्िष्ट्रय स्तरमा प्रसिद्ध दुइ तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता, ले नव वर्ष २०७६ को उमंगमय अवसरमा केन्द्रित रहि आफ्नो टिभिएस ‘सात छ हाम्रो’ अफर आफ्ना अमुल्य ग्राहकहरु सामु विस्तार गरेको छ । नयाँ वर्षको सुनौलो सुरुवात टिभिएसको साथ् मनाउन र शुभकामना स्वरूप सो अफर ग्राहकहरुको माझ ल्याइएको हो । हरेक दुइ पांग्रे सवारी प्रेमीहरुको एक मात्र समाधान केन्द्रको रुपमा अवस्थित भएको टिभिएसको‘साथ छ हाम्रो‘अभियान टिभिएसले दुइ वर्ष अघि परिचित गराएको थियो जसले टिभिएस आफ्नो ग्राहकहरुको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो । त्यसै कारण यही २०७५ चैत्र ११ गते देखि सुरु हुने उक्त अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा रु ७,००० को श्योरशट नगद छुटको व्यवस्था गरिएको छ ।
नयाँ वर्षमा महिन्द्राको बन्डल अफर
अग्नि गु्रप अन्तर्गत अग्नि मोटोइन्कले नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउँछ बन्डलमा’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम १० हजार देखि १ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सकिन्छ । यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बिमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ । त्यति मात्र होइन यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।
स्काईवर्थको नयाँ वर्ष अफर
के एल डुगर गु्रप अन्तर्गतको स्मार्ट एपलायन्स कम्पनीले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले ‘नयाँ वर्ष दमदार बनाऔँ, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔं’ नारा सहित योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७६ को विशेष अवसरमा कम्पनीले स्काईवर्थ टिभीका एआई टिभी, एन्ड्रोईड टीभी, एन्ड्रोईड स्मार्ट टीभी र एलईडी टीभीमा ३०५ सम्मको छुट दिने भएको छ । स्काईवर्थका टीभीहरु २४ इन्चदेखि ६५ इन्चसम्मको स्क्रीनमा उपलब्ध रहेको छ ।
जेजे ज्वेलर्सको सुनौलो कवच
जेजे ज्वेलर्सले नयाँ वर्ष २०७६ को अवसरमा ‘सुनौलो कवच’ नामक योजना बजारमा ल्याएको छ । सुन तथा हिराका गहनाहरुमा मन जित्न सफल जेजे ज्वेलसर््ले यस नयाँ वर्ष २०७६ को शुभ अवसरमा ग्राहकहरुको लागि ‘सुनौलो कवच’ नामक योजना बजारमा ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकहरुले १ लाख वा सो भन्दा बढीको सुन तथा हिराका गहनाहरुको खरिदमा निःशुल्क दुर्घटना बिमा प्राप्त गर्न सक्नेछन् ।
बजाजले ल्यायो ‘बजाज उल्टो अफर’
बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजनाअन्तर्गत ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना शुरु गरेको हो । बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउँदै आइरहेको छ । यसपटक बजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रवृति भन्दा केहि भिन्न प्रकारको अफर ल्याएको छ । पहिले, ग्राहकहरुले केहि सामान खरिद पश्चात मात्र नगद वा छुट पाउने गरेका थिए । तर, यस योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिने जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । ग्राहकहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरि छुट पनि पाउने छन् । उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगदजित्न सक्ने कम्पनीले बताएको छ । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरि यो योजनाको लाभ लिन सक्नेछन् ।
ओयो होटल नेपालको नयाँ वर्ष २०७६ योजना
ओयो होटल नेपालले नयाँ वर्ष २०७६ लाई विशेष बनाउने भएको छ । ओयो होटल नेपालले केही रमाईला गतिविधिहरुको सूचि नै बनाएर आफ्नो योजना सार्वजनिक गरेको छ । बिदासँगै पार्टी गर्ने मौसमको सुरुवात भैसकेको छ । कार्यालयको पार्टी, अथवा निकटतम साथी र परिवारसँगको भेट्घाटको कार्यक्रम, यहाँ यसप्रकारका ‘स्ट्रीट् पार्टी’हरु भइरहेका छन् । कतिपय स्थानहरुमा पुराना संस्कृति र रिति रिवाज तथा प्रथाहरु झल्काउन जात्राको पनि आयोजना गरिन्छ, जसमा आफ्नो परिवारसँग रमाईलो समय बिताउँन सकिन्छ । आतिथ्यको अनुभव लिन चाहनेले काठमाडौं र पोखराका ओयो होटलहरुमा बस्ने सुविधा ओयोले दिएको छ । सुन्दर र मनमोहक सूर्योदयको सुन्दरतालाई नियाल्न नेपालका थुप्रै पर्यटकिय गन्तव्यको भ्रमण गर्न सकिन्छ । नयाँ वर्षको इभ मनाउँन पोखराको यात्रा गर्न चाहने र उत्सव सकिएपछि ओयो २३३ होटल सबलाईम पोखरा अथवा ओयो २९५ आशा लजमा बसेर सुन्दर हिमाल हेर्दै आनन्द लिन सकिने ओयोले बताएको छ । बौद्धनाथको भ्रमण गर्न चाहनेले ओयो २९३ होटल रोयल बौद्धमा रात बिताउन सक्नेछन् । त्यसैगरी पारिवारिक समयका लागि पनि ओयोले सहयोग गर्ने भएको छ । नयाँ वर्षको समय पारेर कतै पार्कमा बसेर ‘वनभोज’ खानु, अथवा घरमा आफन्तहरू भेला पारेर घरमै पाकेका खाना खाँदै रमाइलो गर्नु सबैभन्दा प्रचलित गतिविधि हुन् । नयाँ ठाउँ खोज्नेहरुको लागि ओयो ११४७४ गंगौर रेसिडेन्सीमा कोठा बुक गरेर रमाइलो गर्न सकिन पनि ओयोले बताएको छ । ओयोले नयाँ वर्षलाई यादगार बनाउन आफ्नो नेटवर्कमार्फत सहयोग गर्ने पनि बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार