आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पूर्वमन्त्री एकनाथ ढकालद्वारा बिद्यालय भवन हस्तान्तरण

शनिबार, चैत्र ३० २०७५

गोर्खा। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको पहलमा निर्माण सम्पन्न भयको भीमसेन गाउपालिका – ८, गोर्खा स्थित श्री भवानी प्राथमिक बिद्धालयको ४ कोठे पक्कि भवन एक कार्यक्रमका बीच अध्यक्ष ढकालले बिद्धालयलाइ हस्तान्तरण गर्नु भयको छ ।


उक्त कार्यक्रममा बोल्दै अध्यक्ष उहाँले भुकम्पको कारण बिद्धालयको पुरानो भवन पूर्ण रुपमा क्षति भयको र बिद्धार्थीहरु खुला आकासमा अध्ययन गर्न बाध्य भयको दृश्य सहन नसकी बिद्धालय भवन निर्माण गरियको जानकारी दिदै भवन निर्माणमा सहयोग गर्ने युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार संघ र दाताहरुलाई धन्यबाद दिनुभयो ।

नेता ढकालले बिद्धालयको उचित सदुपयोग र संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्दै शैक्षिक क्षेत्रको बिकासमा आँफु सदैब लागिपर्ने बताउनु भयो । भीमसेन गाउपालीका -७ का अध्यक्ष नारायण श्रेष्ठ र ८ का अध्यक्ष बाँसु थापाले पूर्व मन्त्रि ढकालले गोर्खा जिल्लाको बिकासमा गर्नु भयको योगदानको उच्च प्रसंशा गर्नु भयो । नेपाल प्रहरीका पूर्व डीआइजी डा श्याम नेपाल, परिवार दलका प्रबत्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाश बाबु थापा लगायतले शुभकामना मन्तब्य राख्नु भयको थियो । भवन निर्माणमा कुन ३३ लाख रुपैया लागेको कार्यक्रममा जानकारी दिइयो ।

गृह जिल्ला गोर्खा पुग्नु भयका नेता ढकालले जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरि स्थानीय संग अन्तरक्रिया तथा निर्माणाधीन योजनाहरुको निरीक्षण गर्नु भयको गोर्खा परिवार दलका अध्यक्ष रबिन्द्र थापाले जानकारी दिनु भयो । नेता ढकालको पहलमा गोर्खा जिल्लामा एक दर्जन भन्दा बढी पुस्तकालय तथा बिद्धालय भवनहरु निर्माण भयका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार