आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई कांग्रेस सभापतिको निर्देशन

शनिबार, चैत्र ३० २०७५

काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् ।

शुक्रबार सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले केपी ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको भन्दै विद्यार्थीलाई आन्दोलन गर्न निर्देशन दिएका हुन् ।

देउवले भने, ‘हत्या, हिंसा, बलात्कार बढेको छ। महँगी बढेको छ।, सरकारले निर्मलाको बलात्कारीलाई लुकाउने काम गरेको छ, चिकित्सा शिक्षामा ठगी भएको छ, जहाँ पनि हस्ताक्षेपमात्रै।
हामीले काम गर्न दिएकै हो।, त्यसैले यो सरकारले केहि गर्न सकेन विद्यार्थीहरु उठ्नुहोस्, आन्दोलमा जानुहोस् ।’
प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएकोप्रति उनले आपत्ति जनाउँदै संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारीसमेत एक लौटी ढंगले निर्णय लिने काम गरेको बताए ।

विखण्डनकारीलाई काखमा राखेर सरकारले राष्ट्रवादको कुरा गरिरहेको आरोप समेत लगाउन भ्याएका देउवाले सरकारले वर्ष दिनमा एउटा पनि काम गर्न नसकेको भन्दै सरकार पूर्ण असफल भएको दाबीसमेत गरे।

उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वले हत्या हिंसा छाड्नुपर्ने र सरकारले पनि वार्ताको पहल गर्नुपर्ने समेत बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार