Janasawal - सरकारको प्रतिबन्धविरुद्ध टिकटक प्रयोगकर्ता आन्दोलनमा (भिडियाे रिपाेर्ट)
सरकारको प्रतिबन्धविरुद्ध टिकटक प्रयोगकर्ता आन्दोलनमा (भिडियाे रिपाेर्ट)
सरकारको प्रतिबन्धविरुद्ध टिकटक प्रयोगकर्ता आन्दोलनमा (भिडियाे रिपाेर्ट)
जनसवाल
सोमबार, मंसिर ४ २०८०
399
SHARES
काठमाडौं । सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयका विरुद्ध टिकटक प्रयोगकर्ताहरु आन्दोलिन बनेका छन् । सोमबार हन्ड्रेड ग्रुप्स र दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
गत दुई महिनामा टिकटकको माध्यमद्वारा साइबर पीडित ५ सय ४८ जना रहेको साथै फेसबुकबाट ३ हजार ७ सय ७८ जना पीडित भएको तथ्याङ्क दिँदै प्रत्येक १०० जना साइबर पीडितमध्ये ७ जना टिकटक र ८० जना फेसबुक मार्फत् पीडित देखिएको उनीहरुले उल्लेख गरेका छन् ।
उक्त तथ्याङ्कका आधारमा प्रतिबन्ध टिकटकमा होइन, फेसबुकमा लगाउनु पर्ने आन्दोलनकर्ताहरुको भनाई छ ।
भारतले राजनैतिक हिसाबले टिकटलगायत थुप्रै चिनियाँ एपहरुमा पनि प्रतिबन्ध लगाएको भन्दै नेपालमा टिकटक सयौं नयाँ व्यवसायीको व्यापार प्रवर्द्धन गर्ने माध्यम बनेको उनीहरुले बताएका छन् ।
नेपाली गीत, संगीतको पहुँच विश्वव्यापी बनाउन पनि टिकटक महत्वपूर्ण भएको उनीहरुको तर्क छ ।
उनीहरुले हात दुख्यो भन्दैमा हात काटेर फाल्ने हैन त्यसको उपचार गर्नुपर्ने भन्दै टिकटक वा अन्य सामाजिक सञ्जालहरुलाई प्रतिबन्ध हैन नियम बनाएर त्यसअनुसार नेपालमा चल्ने वातावरण बनाउनुपर्ने पनि बताएका छन् ।