zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - अघि बढ्यो माओवादी–नेसपा एकता, नेकपा (समाजवादी) नाम राख्न दुबै पक्ष सकारात्मक

अघि बढ्यो माओवादी–नेसपा एकता, नेकपा (समाजवादी) नाम राख्न दुबै पक्ष सकारात्मक

अघि बढ्यो माओवादी–नेसपा एकता, नेकपा (समाजवादी) नाम राख्न दुबै पक्ष सकारात्मक


  • जनसवाल
  • सोमबार, मंसिर ४ २०८०
570
SHARES

जनसवाल संवाददाता
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन् । बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ ।
समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने सहमति गरेका छन् । त्यस्तै, पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा एकता समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको छ । बैठकपछि माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीका संयोजक गङ्गानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका छन् । बैठकमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीका नेताहरु दुर्गा सोवलगायतको उपस्थिति थियो ।
यससँगै नेपाल समाजवादी पार्टी (नेसपा) भित्रको आन्तरिक विवादका कारण अवरुद्ध बनेको एकता प्रक्रियाले फेरि लय समातेको छ । अध्यक्ष डा बाबुराम भट्टराईको अनिच्छाका बीच अर्को पक्षले नेकपा माओवादी केन्द्रसँग एकता गर्न प्रक्रिया अघि बढाएको हो । यसैबीच एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् । छलफलमा नेकपा कायमै राखेर समाजवादी फुर्को थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको श्रेष्ठले खुलाए । उनका अनुसार पार्टी एकता संयोजन समितिमार्फत पार्टीको वैचारिक तथा नीतिगत सुझाव, झण्डा, नाम लगायत विषयमा आवश्यक सुझाव दिएर अगाडि बढ्ने सहमति भएको छ ।
‘दुवै पार्टीको वार्ता टोलीबीच भएको छलफलमा माओवादी केन्द्र नाम हटाएर एकीकृत पार्टीको नाम नेकपा (समाजवादी( राख्नेगरी सहमति नजिक पुगिएको छ । त्यसका लागि पार्टी एकता संयोजन समितिमार्फत पार्टीको नाम झण्डा, वैचारिकत तथा नीतिगत विषय टुंगो लगाउने सहमति भएको छ’, उनले भने । यस्तै माओवादी केन्द्रको वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले आवश्यकताअनुसार एकता संयोजन समिति गठन गर्न सहमति भएको बताए । यसैगरी उनले विशेष महाधिवेशनमार्फत माओवादी केन्द्र शब्द हटाउन तयार भएपनि नेकपा शब्द भने नहटाउने पहिल्यै निर्णय भइसकेको बताए ।
बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिने भन्दै उनले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) बनाउन सकिनेबारे सकारात्मक प्रतिक्रिया दिए । अहिलेकै अवस्थामा डा भट्टराई एकताको पक्षमा नरहेपनि अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्षसमेत रहेका श्रेष्ठ, महासचिव रमेश यादव लगायत नेताहरू पूर्वसहमति एकताको पक्षमा रहेका छन् । एकताका लागि गत चुनावदेखि नै दुई पार्टीबीच प्रयास भएपनि बिलम्ब हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट