Janasawal - चर्चित गायक एबं हास्यकलाकार अर्जुन कुँवरको ‘दसैँ हो कि दशा’ युट्युबको ट्रेन्डिङमा (भिडियोसहित)
चर्चित गायक एबं हास्यकलाकार अर्जुन कुँवरको ‘दसैँ हो कि दशा’ युट्युबको ट्रेन्डिङमा (भिडियोसहित)
चर्चित गायक एबं हास्यकलाकार अर्जुन कुँवरको ‘दसैँ हो कि दशा’ युट्युबको ट्रेन्डिङमा (भिडियोसहित)
जनसवाल
आइतबार, कार्तिक १९ २०८०
1.6K
SHARES
काठमाडौँ,दसैँको मुखमा कलाकार अर्जुन कुँवर (पितृ बुढा)ले ‘दसैँ हो कि दशा’ बोलको गीत सार्वजनिक गरेका छन । कुँवरकै शब्द संगीत रहेको गीतमा पछिल्लो समय भाइरल बनेकी सिम्रन परियारको समेत आवाज रहेको छ । गीतमा गायक कुँवरले गरिबीका कारण चाडपर्वमा बेहोर्नु परेको पीडाहरूलाई कुशलताका साथ गीतमा उतारेका छन । महेन्द्र भण्डारीको एरेन्ज रहेको गीत सार्वजनिक भएको केही दिनमा युट्युबको ट्रेन्डिङमा परेको थियो । गुल्मीको इस्माका गायक तथा हास्य कलाकारको परिचय समेत बनाएका कुँवर विगत १० वर्षदेखि कलाकारिता क्षेत्रमा आबद्ध छन । हास्य टेलिसिरियलबाट आफ्नो कलाकारिता सुरु गरेसँगै गुल्मी जिल्लाको रेडियो रेसुङ्गामा चार वर्ष सञ्चारकर्मीको रूपमा काम गरेका अर्जुनले २०७३ सालमा ‘तिम्रो कसम’ नामको लोकदोहोरी एल्बम ल्याएका थिए । त्यसपछि उनले ‘स्वार्थी दुनियाँ’, ‘आँसुको कारखाना’, ‘लिलामी’, ‘शासन’, ‘ओठ खोलेर’ , ‘ए दैव’, ‘आऊ नाचौँ माया’, ‘आँसुको सहर’, ‘गुल्मेलीको नाच’लगायतका गीतहरूमा आवाज दिइसकेका छन । पछिल्लो समयमा उनले ल्याएको दसैँ हो कि दशा’ पनि लोकप्रिय बनेको छ । यो गीतबाट राम्रो प्रतिक्रिया आइरहेको उनको भनाइ छ । नेपाली चर्चित हास्य सिरियल ह्वाट, हल्का रमाइलो, हालत खराब, सरी ल, ठिकै छ लगायतका सिरियलहरुमा आफ्नो कला अभिनय मार्फत विभिन्न टेलिभिजनका पर्दामार्फत आफ्नो प्रस्तुत गरिरहेका निरन्तर यही क्षेत्रमा लागिरहने बताउँछन् । सयौँ म्युजिक भिडियोमा समेत अभिनय गरेका उनी लाइभ दोहोरीमा समेत उत्तिकै हिट छन । अर्जुनले देश विदेशका कार्यक्रमहरूमा पनि आफ्नो प्रस्तुति दिँदै आएका छन । सबै कलामा कुशल अर्जुन धेरै सम्भाबना बोकेका कलाकारको सुचिमा पर्छन ।