zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य २११० रुपैयाँ पुग्यो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य २११० रुपैयाँ पुग्यो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य २११० रुपैयाँ पुग्यो


  • जनसवाल
  • शनिबार, असोज १३ २०८०
2K
SHARES

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । आयल निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातिदेखि मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढेको छ । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर करिब ८ रुपैयाँ) बढेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढेको छ।

मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १७९ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्यासको २११० रुपैयाँ पुगेको छ ।
शनिबार इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यसूचीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १ रुपैयाँ ३४ पैसा र ४ रुपैयाँ ८२ पैसा बढेर आएको निगमले जनाएको छ। यस्तै हवाइ इन्धनको ६रुपैयाँ ५४ पैसा तथा एलपी ग्यासको १७३ रुपैयाँ ४५ पैसा बढेर आएको निगमको भनाइ छ ।
सोहीअनुसार स्वचालित मूल्य प्रणालीअनुसार परिवर्तिम मूल्यमा भ्याट समायोजन गरेर मध्यरातदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको निगमको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट