काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी माहौल नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्नेको लर्को नै लागेको छ । यस्तैमा युरोप क्षेत्रीय युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी दिने भएका छन् । प्रवासका युवाका पीडा, लक्ष्य अनि उनीहरूले हात पारेका सफलता र असफलताको बारेमा जानकार उनी सशक्त उम्मेदवार मानिन्छन् । माल्टामा रहेर युवा केन्द्रित व्यापार ब्याबसाय गर्दै युवाहरूलाई साथ अनि हात दिँदै आएका भण्डारी आफ्नो पहिचान अनुरूप नै उम्मेदवारी दिने योजनामा अघि बढेका हुन् ।
‘प्रवासका नेपाली युवाहरूको पिडा र दुःखलाई मह्लम लगाएर उनीहरूको सफल जीवन अनि यात्राका लागि केही गर्नु नै मेरो लक्ष्य हो’, भण्डारीले भने । प्रवासमा नेपालीहरूलाई जुटाउने र उनीहरूको हक हितका लागि आवाज उठाउने कार्यमा प्रकाश सधैँ अगाडि रहँदै आएका छन् । उसो त उनले माल्टामा गैर आवासीय नेपाली संघको स्थापना गर्न जून महत्त्वपूर्ण भूमिका खेले, त्यो निकै सह्रानीय रह्यो । प्रकाश एनआरएनए माल्टामा उपाध्यक्षसमेत भइसकेका छन् । प्रकाशले माल्टा सरकार समक्ष नेपाल र नेपालीलाई चिनाउने जून कार्य गर्दै आएका छन् । उनी हाल नेपाल माल्टा च्यारिटी एसोसिएसनको अध्यक्ष समेत हुन् ।
उनी विगत ९ वर्षदेखि माल्टालाई कर्मथलो बनाएका भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्षसमेत भएर केन्द्रीय नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेका छन् । उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाउनुपर्ने जनाउँदै युवाहरूलाई यस अभियानमा जोड्ने बताएका छन् । उनले भने, ‘विश्वमा सबैभन्दा ठुलो नेपाली सञ्जालमा फैलिएको एनआरएनएलाई संस्थागत विकास र संस्थाको मर्म र भावनाअनुरूप व्यक्तित्व विकाससमेत आवश्यक छ, प्रवासमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपालको पुस्तासँग जोडेर नेपाल र नेपालीको बृहत्तर विकास नै मेरो चुनावी एजेन्डा र लक्ष्य हो ।’