Janasawal - लोकगायक प्रेमराज महतले ल्याए नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’
लोकगायक प्रेमराज महतले ल्याए नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’
लोकगायक प्रेमराज महतले ल्याए नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’
जनसवाल
आइतबार, जेष्ठ २१ २०८०
3.3K
SHARES
काठमाडौँ । वरिष्ठ लोकगायक प्रेमराज महतको नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ । उनकै शब्द तथा सङ्गीत रहेको उनलाई स्वरमा गायिका शान्तिश्री परियारल पनि साथ दिएकी छन् ।
गीतको भिडियो भने जुम्लाका विकट पहाडी क्षेत्रमा भएको छ । भिडियोमा गायक महतसँग रीना थापा मगरले अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोका छायांकार मानकृष्ण महर्जन हुन् ।
रिमा फिल्मस्ले निर्माण गरेको भिडियो सम्पादन मिराज अर्यालले गरेका हुन् । गीतको भिडियो अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गीर्वाण विक्रम भण्डारी र गौरिका भण्डारी हुन् ।