zestkhabar

शनिबार, असोज १३ २०८०

  • शनिबार, असोज १३ २०८०
Janasawal - कोषाध्यक्ष साहलाई एनआरएनए एनसिसि इटालीद्वारा स्वागत, नागरिकता विधेयक प्रमाणीकरणको साहद्वारा स्वागत

कोषाध्यक्ष साहलाई एनआरएनए एनसिसि इटालीद्वारा स्वागत, नागरिकता विधेयक प्रमाणीकरणको साहद्वारा स्वागत

कोषाध्यक्ष साहलाई एनआरएनए एनसिसि इटालीद्वारा स्वागत, नागरिकता विधेयक प्रमाणीकरणको साहद्वारा स्वागत


  • जनसवाल
  • बिहिबार, जेष्ठ १८ २०८०
5.7K
SHARES

काठमाडौँ,गैरआवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष सुनील साहले सरकारले गरेको नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेका छन । लामो समयदेखि अड्किएको नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेकोमा गैरआवासीय नेपालीहरू अत्यन्तै खुशी भएको साहले बताए । केही दिनको युरोप भर्मणमा निस्केका कोषाध्यक्ष साहले एनआरएनए एनसिसि इटालीले गरेको स्वागत कार्यक्रममा बोल्दै विधेयक प्रमाणीकरणले गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको बताए । यसबाट गैर आवासीय नेपालीहरुले अब राजनीतिक र प्रशासनिक बाहेकका सबै अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता पाउने साहले दावी गरे । वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्था बमोजिम नागरिकता पाउनेछन । एनआरएनए कोशाध्यक्ष साहले विधेयक प्रमाणीकरणको स्वागत गर्दै यसबाट आफूहरूको अभियानले सार्थकता पाएको बताए । उनले एक पटकको नेपाली, सधैँको नेपाली भन्ने एनआरएनएको अभियानले सार्थकता पाएको बताउदै आफूलाई स्वागत गरेकोमा एनआरएनए इटालीलाई धन्यवाद ब्यक्त गरे । उक्त स्वागत तथा अन्तर्कृया कार्यक्रममा एनआरएनए इटालीका अध्यक्ष छबी लाल कँडेल,भावेश सिंहलगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा गैर आवासीय नेपालीका विविध बिषयमा छलफल भएको थियो । केही दिनको युरोप भर्मणमा निस्केका कोषाध्यक्ष साहले माल्टा,साईप्रसलगाएतका देशहरुमा पुगी तेहा रहेका गैर आवासीय नेपालीहरुसँग अन्तर्कृया कार्यक्रम गर्ने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट