zestkhabar

आइतबार, जेष्ठ २१ २०८०

  • आइतबार, जेष्ठ २१ २०८०
Janasawal - कचनकवलबाट मोटर चोरी गर्ने २ जना पक्राउ

कचनकवलबाट मोटर चोरी गर्ने २ जना पक्राउ

कचनकवलबाट मोटर चोरी गर्ने २ जना पक्राउ


  • जनसवाल
  • आइतबार, जेष्ठ ७ २०८०
1.7K
SHARES

७ जेठ कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपालिका-७ बालुबाडीबाट २ जनालाई पानी तान्ने मोटर चोरी गरेर भग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा कचनकवल-७ सितागढी घर भएका अन्दाजी २० बर्षिया उत्सव कटुवाल र सोही स्थानका अन्दाजी २३ बर्षिया  ज्ञानबहादुर लामिछाने रहेको इलाका प्रहरी कार्यालय बनियानीले जानकारी दिएको छ। उनीहरु बाट एउटा पानी तान्ने मोटरसहित नियन्त्रणमा लिइएको हो।

शनिबार राति ११ बजेको फर्साडाँगीबाट पानी तान्ने मोटर चोरी गरेर भाग्दै गर्दा उनीहरुलाई स्थानीयले पक्राउ गरेका थिए। त्यसलगत्तै इलाका प्रहारी कार्यालय बनियानीबाट आएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरु माथी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ।

पछिल्लो समय यस क्षेत्रमा चोरीका घटना बढेका छन्। प्रहरीका अनुसार २ महिनामा मात्रै इलाका प्रहरी कार्यालयमा मात्रै ४० भन्दा बढी चोरीका निवेदन परेका छन्।

स्थानियका अनुसार लागू औसधको लतमा परेर सो को पुर्ती गर्न मोटर चोरी गर्ने गरेको हुन सक्ने बताएको छन । कचनकवलमा लागू औसध प्रयोगकर्ता अत्याधिक वृद्धि भएको पनि उनिहरु बताउछन।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट