zestkhabar

सोमबार, जेष्ठ २२ २०८०

  • सोमबार, जेष्ठ २२ २०८०
Janasawal - पोल्यान्ड लैजाने भन्दै टिकटकमा अवैध विज्ञापन, होटल मेरियटबाट अन्तर्वार्ता लिने दुई विदेशी नागरिक पक्राउ

पोल्यान्ड लैजाने भन्दै टिकटकमा अवैध विज्ञापन, होटल मेरियटबाट अन्तर्वार्ता लिने दुई विदेशी नागरिक पक्राउ

पोल्यान्ड लैजाने भन्दै टिकटकमा अवैध विज्ञापन, होटल मेरियटबाट अन्तर्वार्ता लिने दुई विदेशी नागरिक पक्राउ


  • जनसवाल
  • शनिबार, जेष्ठ ६ २०८०
2.3K
SHARES

काठडमाडौं(जस)– पोल्यान्ड लैजाने भन्दै टिकटकमा अवैध विज्ञापन गरि न्तर्वार्ता लिने दुई विदेशी नागरिक पक्राउ परेका छन । शनिबार नक्सालस्थित मेरियट होटलबाट उनीहरु पक्राउ परेका हुन् । केही दिन पहिले टिकटक र सामाजिक संजालमा पोल्यान्ड रिक्रुटमेन्ट कम्पनीको प्रतिनिधि भएको भन्दै रिता नाम गरेकी एक महिलाले वेयरहाउस र फ्याक्ट्रीमा काम गर्न हजार जना नेपालीलाई पोल्यान्ड र अन्य युरोपियन देशमा लैजाने बिज्ञापन हालेकी थिइन ।
उक्त बिज्ञापनपछि शनिवार अन्तर्वार्ताका लागी सयौ युवा युवतीको होटल मेरियट अगाडि बिहानैदेखि भिड लागेको थियो । उनीहरू फेसबुक र टिकटकमा एउटा भिडिओ हेरेर पोल्याण्ड र युरोप जानेबारे बुझ्न र अन्तर्वार्ता दिन मेरियट पुगेका थिए । केहीदिन अघि टिकटकमा लबकअज्ञढड नाम रहेको आइडीबाट पोल्यान्डमा रोजगारीको आवश्यकताको भिडिओ सार्वनजनिक भएको थियो । भिडिओमा ‘रिता’ नामले चिनाएकी एक युवतीले आफू पोल्यान्ड रिक्रुटमेन्ट कम्पनीको प्रतिनिधि रहेको र वेयरहाउस र फ्याक्ट्रीमा काम गर्न हजार जना नेपालीलाई पोल्यान्ड र अन्य युरोपियन देशमा लैजान चाहेको बताएकी थिइन । उनले निवेदकलाई शनिवार होटल मेरियटमा सेमिनार र अन्तर्वार्ता हुने बताउँदै सम्पर्क नम्बर दिएकी थिइन ।
त्यही आधारमा शनिबार बिहानैदेखि सयौंको संख्यामा युवाहरू मेरियट अगाडि अन्तर्वार्ताका लागी उपस्थित भएका थिए । भिड जम्मा भएपछि प्रहरीले उनिहरुलाई सोधपुछ गरेको थियो । पोल्यान्ड लाने भनेर टिकटकमा विज्ञापन गरेको र त्यही विज्ञापन हेरेर सयौं मानिसहरू उपस्थित भएपछि प्रहरीले वैदेशिक रोजगार विभागलाई खबर गरेको थियो । उक्त सूचना पाएपछि वैदेशिक रोजगार विभागको टोली मेरियट होटल पुगेको थियो । उक्त टोलिले अबैध अन्तर्वार्ता गराउने टोलीलाई पक्राऊ गरेको विभागका महानिर्देशक मदन दहालले बताए । उनले अबैध कार्य गर्ने दुई जनालाई पक्राउ गरिएको बताए ।
पोल्यान्ड लैजाने भन्दै अन्तर्वार्ताको लागि मेरियट होटलमा विभागसँग कुनै स्वीकृति नलिई बोलाएका रहेछन । टिकटक, ह्वाट्सएपमार्फत् बोलाइएको रहेछ उनले भने । अन्तर्वार्ताका लागी धेरै मानिसहरू जम्मा भएको खबर पाएपछि विभागको टोली गएर दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको महानिर्देशक दहालले बताए । पक्राऊ पर्नेहरूमा पोल्यान्डका नागरिक एलेग फेडोसिक र दुबईका ¥याट फियागोसिक रहेको विभागका शाखा अधिकृत धर्मराज लम्सालले बताए । उनीहरू युएईको जुभेरास्थित नर्थ अमेरिकन भिसा सर्भिसमा आवद्धता रहेको लम्सालले बताए । उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाइने लम्सालले बताए । विभागमा महानिर्देशक दहाल आएपछि यो पहिलो अपरेसन हो । दहालले बैदेशिक रोजगारको क्षेत्रमा देखिएका गलत धन्दाको अन्त्य गर्ने बताउदै आएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट