zestkhabar

सोमबार, जेष्ठ २२ २०८०

  • सोमबार, जेष्ठ २२ २०८०
Janasawal - गैरआवासीय नेपालीलाई पूँजी बजारमा लगानी खुला गरिने

गैरआवासीय नेपालीलाई पूँजी बजारमा लगानी खुला गरिने

गैरआवासीय नेपालीलाई पूँजी बजारमा लगानी खुला गरिने


  • जनसवाल
  • शुक्रबार, जेष्ठ ५ २०८०
684
SHARES

काठमाडौं । सरकारले पूँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई पूँजी बजारमा लगानी खुला गर्ने बताए ।

यस्तै वैदेशिक रोजगारीमा गएकालाई सरकारी ऋणपत्रका साथै निजी क्षेत्रमा आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गर्ने घोषणा सरकारले गरेको छ ।

गैरआवासीय नेपालीको ज्ञान सीप, प्रविधि, सञ्जाल र पहुँचलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट