zestkhabar

शनिबार, असोज १३ २०८०

  • शनिबार, असोज १३ २०८०
Janasawal - सिंघम शैलीमा उत्रीए डिआइजी पोख्रेल, कचनकवलका डिएसपी र इन्स्पेक्टर कारवाहिका लागि तानिए

सिंघम शैलीमा उत्रीए डिआइजी पोख्रेल, कचनकवलका डिएसपी र इन्स्पेक्टर कारवाहिका लागि तानिए

सिंघम शैलीमा उत्रीए डिआइजी पोख्रेल, कचनकवलका डिएसपी र इन्स्पेक्टर कारवाहिका लागि तानिए


  • निश्चल दाहाल
  • बिहिबार, बैशाख २१ २०८०
4.4K
SHARES

२१ बैशाख ,झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका– ४ स्थित पूर्वी लोदावारि नाकाबाट चाइनिज स्याउ तस्करिको केही दिनमा नै सशस्त्र प्रहरीले कारवाही द्रुत गराएको छ।

डिआइजी अन्जनी कुमार पोख्रेलको सिधा निगरानीमा सशस्त्र प्रहरी बल नेपाल, कोसी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले एसपी बिक्रम हुमागाइको संयोजनमा छानबिन समिती गठन गरि प्रारम्भिक अनुसन्धानमा नै कचनकवल स्थित डिएसपी सुमन शर्मा र इन्स्पेक्टर ओकिल धानुकको कमजोरी भेटिएकोले बिभागिय कारवाही बढाउन बराह बाहिनी तानिएको डिआइजी पोख्रेलले जनसवाललाई बताए।

स्याउ काण्ड लगत्तै, पोख्रेल कै निर्देशनमा तस्करीमा शून्य सहनशीलता भन्दै आफ्ना झापा का टिमलाइ तस्करी पुर्ण रुपले सखाप पार्ने भनी सिमामा कडाइ गरेको छ। हिजो नै, भारतिय नाकाबाट नेपाल ल्याउदै गरेको अटो पार्ट्स सहित गाडी पक्राउ गर्न सशस्त्र प्रहरी सफल भएको छ। मेचीनगर नगरपालिका ७ स्थित निन्दा पुल नजिकै सवारीसाधन चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट डब्लू बी ७४ एटी ३९४० को गाडीको डिक्कीबाट एक लाख ८९ हजार ५० रुपैयाँ मुल्य बराबरको  मोटर पार्टस र इलेक्ट्रिक सामान बरामद गरेको छ। कुनै पनि कानुनी कागजात नभएको सो गाडी र समान गरि १६ लाख ८९ हजार ५० रुपैया मूल्य तोकि समान भन्सार कार्यलय काकडभिट्टालाइ बुझाएको डिआइजी पोख्रेलले बताए।

संलग्नता जनपथ प्रहरीको पनि भेटिएको छ त त्यस्मा के हुन्छ भन्ने प्रश्नमा पोख्रेलले, त्यो भिन्न निकाय हो, हामिले खबर गर्ने हो अब त्यो डिपार्टमेन्टले स्वयं निर्णय गर्ने उनले बताए भने, सशस्त्र प्रहरीको कुनै पनि प्रकारको संलग्नता अक्षम्य हुने र कडा भन्दा भन्दा कारवाही गरिने उनले बताए।

भारतिय तस्करी सगको मिलेमतोमा नेपालका तुलाराम, जब्बर, तिलक साथै सशस्त्र प्रहरी, जनपथ प्रहरिको संलग्नतामा हुँदै गरेको चाइनिज फुजि स्याउ तस्करीमा सशस्त्र प्रहरिले ठूलो उपलब्धि हासिल गरेको हो।

म कुनै पनि प्रकारको तस्करी निमिट्यान्न पार्न जुटेको छु, पत्रकार हरुले पनि यस्तो उपलब्धिलाइ सकारात्मक रुपले सम्प्रेषण गरि खबरदारी गर्न सहयोग गर्न अनुरोध गरे।
झापा कचनकवलमा भएको तस्करीमा स्थानिय प्रदेश सांसदको पनि संलग्नता रहेको आशंका उत्पन्न हुने मेसेज जनसवालको हात लागेको छ जस्मा प्रदेश सांसदले तस्करको बारेमा सुचना दिएको हो? मिलेर काम गर्नु नि किन पक्डाउनु जस्ता कुरा गरेका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट