काठमाडौं असोज १३ । फुटपाथ ब्यवस्थापनमा कडाइका साथ प्रस्तुत भएको काठमाडौ महानगरपालिका चाडवाडको नाममा फुटपाथमा ब्यवसाय गर्ने हरुको लागि लचिलो हुन नसक्ने बताएको छ।
महानगरपालिका मेयर बालेन शाहले फेसबुकमा एक लामो स्टाटस मार्फत पैदल यात्रीको पहिलो अधिकार फुटपाथमा हुने बताएका छन।
‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ’, बालेनले भनेका छन्, ‘यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।’
यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर अरु बेला भन्दा बढी निस्कने बताउदै शाहले , ‘उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो’ भनेका छन् ।
सहरी सुशासन र सहरी ब्यवस्थापनका सन्दर्भमा माहानगरले नीति बमोजीम आफ्ना कार्यक्रमहरुलाइ निरन्तरता दिने उनले बताएका छन।