zestkhabar

सोमबार, मंसिर १२ २०७९

  • सोमबार, मंसिर १२ २०७९

मलेसियाका लागि नेपाली राजदुत पौडेललाई एनआरएनए मलेसियालगाएत नेपाली संघ-सँस्थाहरुद्वारा स्वागत

मलेसियाका लागि नेपाली राजदुत पौडेललाई एनआरएनए मलेसियालगाएत नेपाली संघ-सँस्थाहरुद्वारा स्वागत

नेपालीहरुको हक हितमा काम गर्छु : राजदुत पौडेल


  • जनसवाल
  • सोमबार, असोज १० २०७९
3.7K
SHARES

मलेसिया(जस)–गैर आवासिय नेपाली संघ एनआरएनए मलेसिया, नेपाली व्याबसायी समाज र नेपाल आदिबासी जनजाति महासंघको संयुक्त आयोजनामा मलेसियाका लागी नव नियुक्त राजदूत डिल्लीराज पौडेललाई स्वागत तथा महान पर्वहरू बिजया दशमी , शुभ दिपावली र छठ पर्वको अबसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यता र दुताबासका डिसिएम मोती बहादुर श्रीष ,एनआरएनए एशिया प्याशिफिक डिआरसी हरि प्रसाद भट्टराई, एनआरएनए मलेसियाका सस्थापक अध्यक्ष शंकर बहादुर पौडेल तथा बिभिन्न संघ संस्था राजनीतिक दलका भातृ संगठनहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राजदूत पौडेललाई उपस्थित संघ सँस्थाका प्रतिनिधी र मलेसियामा रहेका नेपालीहरुले स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा राजदूत पौडेलले आफुले सबै नेपाली संघ–सँस्थासँग सहकार्य गरेर नेपाल र नेपालीको लागी केही नया काम गर्ने बताए । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए । तलब सुविधा, सीप विकास, आवास, उपयूक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ रहेको छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिइ श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकोले त्यसतर्फ प्रयास गरिने उनले बताए ।
मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नविकरणलाई पनि उनले प्राथमिकता दिने बताए । नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्वन्ध बलियो बनाउने बताउदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनहरुको मलेसियाका बजारमा प्रवर्द्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कुटनीतिमा समेत जोड दिने उनले बताए । नेपाल–मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई समेत प्राथमिकता दिने उनले बताए । हाल मुख्य रोजगारीको गन्तव्य मानिएको मलेसियामा धेरै परिवर्तन ल्याउने कोशिष गर्ने पौडेलले बताए । कार्यक्रममा राजदूत पौडेलले दुतावासको सफलताका लागी नेपाली संघ,सँस्थाहरु र समस्त नेपालीको ठुलो हात रहने बताए । कार्यक्रममा उपस्थित अतिथिहरूले महत्वपुर्ण समय खर्चेर निमन्त्रणालाई स्वीकारी उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा एनआरएनए मलेसियाका अध्यक्ष थापाले धन्यवाद ब्यक्त गरे । थापाले मलेसियामा रहेका सबै संघ सँस्थाहरु बिच सहकार्य गर्दै राजदूतावासको समन्वयमा अगाडी बढ्ने बताए ।
बिश्वका धेरै देशमा दोस्रो राजदूतावासका रुपमा सामाजिक कार्य गर्दै आएको गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष थापाले धेरै पछी मलेसियाले राजदूत पाएकोमा खुशी ब्यक्त गरे । थापाले आफूहरुले बिगतका दिनमा जस्तै दुतावाससङ्ग सहकार्य गर्दै अगाडी बढ्ने बताए । कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच मलेसियाका अध्यक्ष प्रेम पान्डे,प्रवासी नेपाली एकता मंच मलेसियाका महासचिवदयाराम कुमाल,नेपाल समाजवादी पार्टी(प्रवास प्रदेश) का उपाध्यक्ष बिरेन्द्र कुमार नेगी र जनसंपर्क समिती मलेसियाबाट तेज कुमार राइले नव नियुक्त राजदूत डिल्लीराज पौडेलको स्वागत गर्दै मलेसियामा रहेका नेपालीहरुको सम्भावना र चुनौतिका बारेमा चर्चा गरेका थिए । उनिहरुले आफुहरु विगतमा जस्तै दुतावाससँग सहकार्य गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा
एनआरएनएका आईसिसि सदस्य नेत्र केसी,एनआरएनए मलेसियाका उपाध्यक्ष ईन्द्र लिम्बु, हेमराज सापकोटा, दिल केरुङ, महासचिव रंजित क्षेत्री,सचिव नारायण अधिकारी, कोषाध्यक्ष कृष्ण नेपाल, सहकोषाध्यक्ष बलध्वज लिम्बु, युवा संयोजक अरुण गिरीलगायत अन्य संघ–संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन गैर आवासीय नेपाली संघका महासचिव रन्जित क्षेत्री र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका सचिव इश्वर राईले संचालन गरेका थिए । मलेसियाको क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा भएको उक्त कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट