zestkhabar

सोमबार, मंसिर १२ २०७९

  • सोमबार, मंसिर १२ २०७९

एनआरएनए युरोपको १४ औ सम्मेलन स्वीडेनमा सुरु

एनआरएनए युरोपको १४ औ सम्मेलन स्वीडेनमा सुरु


  • जनसवाल
  • शनिबार, असोज ८ २०७९
2K
SHARES

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको १४ औ युरोपियन क्षेत्रीय बैठक स्वीडेनको स्टकहोममा सुरु भएको छ । शनिबारबाट सुरु भएको २ दिने सम्मेलनको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एकनारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।शनिबार प्रवासको युबा दोश्रो पुस्तालाई नेपाल सँग जोड्ने अभिप्रायले युवा सम्मेलन सम्पन भएको छ । त्यसै गरि एनआरएनए राष्ट्रिय समितीहरुका आवशयकताहरु र उनीहरुलाई सक्षम बनाउनका लागी चाल्नुपर्ने कदमको बारेमा बिशेष छलफल भएको छन ।
‘एनआरएनए अभियानको रुपान्तरणका लागि साझेदारी’ को नारामा भएको उक्त सम्मेलनमा बिदेशमा बढ्दै गैरहेको नेपाली आप्रबासी कामदारको हक हित र उनीहरुको ब्रितृबिकासमा एनआरएनएले खेल्नु पर्ने भूमिका सम्बन्धी बैठक सम्पन्न भएको छ । उक्त बैठकमा केन्द्रीय अध्यक्ष कुल आचार्य, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एकनारायण अर्याल,नेपाल उधोग बाणिज्य महासंघका बरीष्ठ उपाध्यक्ष एबं आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, अर्थमन्त्रालयका सहसचिब राजेश्वर ज्ञवाली, एनआरएनए आइसिसीका उपाध्यक्षहरु आरके शर्मा, नारायण आचार्य, दुर्गा आचार्य, एनआरएनए युबा उपाध्यक्ष राज रेग्मी, एनआरएनए उपमहासचिब रामशरण सिंखडा ,सचिब गंगाधर गौतम, एनआरएनए मध्यपुर्ब संयोजक मनोज गोर्खाली, युरोप क्षेत्रिय संयोजक सन्तोष भट्टराई, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दी सुबेदी, एनआरएनए स्विजरल्यान्डका अध्यक्ष शुभ एलमार लामा, एनआरएनए क्यानडाका अध्यक्ष दिपक गौतमलगायत युरोपका विभिन्न एनसिसिका अध्यक्षहरुले शुभकामना मन्तब्य दिदै आ–आफ्नो भनाई राखेका थिए ।
उक्त सम्मेलनमा उपस्थित अतिथिहरुले कार्यक्रमको सफलताको शुभकामना दिदै सम्मेलनमा उठाईएका बिषयहरुका बारेमा आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रममा एनआरएनए स्वीडेनका अध्यक्ष राजकुमार पाठकले अतिथिहरुलाई स्वागत गरेका थिए । एनआरएनए युरोप संयोजक चिन्तामनी सापकोटाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । पहिलाको क्षेत्रिय बैठक भन्दा फरक र भिन्न शैलीबाट कार्यक्रम संचालन गरिएको र गरिने तथा धेरै कार्यक्रम हरुका कार्यशाला नया मोडालिटीमा हुने भएको हुँदा धेरै छलफल अनि बहस पश्चात उत्कृष्ट प्रतिफल आउनेमा संयोजक सापकोटाले बताए । कार्यक्रमको संचालन उपसंयोजक दयानिधि सापकोटा र नवराज रोश्याराले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट