काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरका मेयर हर्क साम्पाङ्गको फेसबुक स्टाटसमा ब्यंग्यात्मक कटाक्ष गरेका छन।
बुधबार साझ हर्क साम्पाङ्गले हासी रहेको इमोजी सहित काठमाडौ म नगएको भए फोहोर न उठ्ने रहेछ भन्दै पोस्ट गरेका थिए। जस्मा ४१ हजार भन्दा बढिले प्रतिक्रिया जनाएका छन भने बालेन शाहले सोहि पोस्टमा ” हो नि .. तपाइकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जितेको हो नि !” भन्दै कमेन्ट गरेका छन। शाहको कमेन्टमा ३५ हजार बढिले प्रतिक्रिया दिएका छन।
काठमाडौको भ्रमणमा रहेका साम्पाङ्गले धरान उपमहानगर नै सफल रहेको भन्दै काठमाडौको फोहोरको बिषयमा प्रतिक्रिया पनि दिएका छन। उनले काठमाडौको यस्तो हविगत देख्दा श्रमदान गर्ने इच्छा जागेको पनि बताए।
सामाजिक संजालमा प्राय सक्रीय रहने हर्क साम्पाङ्गको यो पोस्ट प्रती मिश्रित प्रतिक्रिया हरु आएका छन। उनलाइ घमण्ड बढ्न थालेको, र्याल ब्याटल सुरु भएको?, काठमाडौ र धरानमा तुलना गर्न नहुने जस्ता प्रतिक्रिया हरु आएका छन।
शाहको कमेन्ट पश्चात साम्पाङ्गको फेसबुकमा स्टाटसको पहिरो नै गएको छ, “उनले राजधानिलाइ फोहोरको थुप्रोले पुरेर राख्न पाइन्न,मुख हैन पाखुरा बजाउ नालायक हो”, “आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनिती गर्नु ” जस्ता स्टाटसहरु बालेन शाहलाइ लक्षित गरि लेखेको पाइएको छ।
स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेद्बारी दिएका शाह र साम्पाङ्ग दुबैले ” लौरो” चुनाव चिन्ह लिइ चुनाव लडेर जित हासिल गरेका थिए।



