zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

लिङ्देनको निर्वाचन क्षेत्रमा एमालेको बृहत आमसभा हुँदै, अध्यक्ष ओलि सम्बोधन गर्दै

लिङ्देनको निर्वाचन क्षेत्रमा एमालेको बृहत आमसभा हुँदै, अध्यक्ष ओलि सम्बोधन गर्दै


  • जनसवाल
  • बुधबार, भाद्र १ २०७९
855
SHARES

 

कचनकवल झापा, नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टि एमालेका अध्यक्ष केपी शर्मा ओली भदौ २ गते बिहिबार झापाको बनियानी आउने भएका छन्।

अध्यक्ष ओलि भदौ २ गते झापाको चन्द्रगडी विमानस्थलमा बिहान ८ बजे अवतरण गरे पश्चात भद्रपुर नगरपालिका अन्तर्गतको हिमालीमा रहेका आफ्ना पिता सग भेटी बिहान ११ बजे कचनकवल गाउँपालिका वडा नं ६ स्थित बनियानी चौकमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन। नेकपा एमाले कचनकवल गाउँ कमिटी द्वारा आयोजित वृहत् कार्यकर्ता भेला साथै पार्टी प्रवेश कार्यक्रम लगायत सांस्कृतिक कार्यक्रममा ओलि प्रमुख अथिती रहने कार्यक्रम छ।

स्थानिय बासी हरुले मंसिर ४ मा हुने चुनाव अघिको यो कार्यक्रमलाइ महत्वको साथ हेरेको छन। अघिल्लो संघिय चुनावमा नेकपा एमाले सगको गठबन्धन्ले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलालाइ हराउदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बिजयी भएका थिए।

नेकपा एमालेको क्षेत्र नं ३ मा प्रभावशाली नेतृत्व नभएको मानिएको अवस्थामा हाल ब्यवसायी दुर्गा प्रसाइको प्रभाव बढ्दै गएको यो क्षेत्रमा ओलिको भ्रमणलाइ महत्त्वपूर्ण रुपमा हेरिएको छ।

दुर्गा प्रसाइको नेतृत्वमा हजारौ संख्यामा पार्टी प्रवेश गराएको दावी गर्दै एक एमाले कार्यकर्ताले यो भेलाले क्षेत्र नं ३ को राजनितिक गर्मी अझ बढाउने दावी गरे। ” भोलीको भेलाले क्षेत्र नं ३ मा एमालेको अवस्था उत्साहजनक रहेको देखाउने र चुनावी गर्मी बढ्ने छ” उनले थपे।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट