zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

कालिका नगरपालिकामा २५ करोड भन्दा बढी भ्रष्टाचार, निवर्तमान मेयर श्रेष्ठ र पिए लामिछानेविरुद्ध पुनः अख्तियारमा उजुरी

कालिका नगरपालिकामा २५ करोड भन्दा बढी भ्रष्टाचार, निवर्तमान मेयर श्रेष्ठ र पिए लामिछानेविरुद्ध पुनः अख्तियारमा उजुरी


  • जनसवाल
  • मंगलबार, साउन ३१ २०७९
8.2K
SHARES

जीवन शर्मा
काठमाडौं । कालिका नगरपालिका, चितवनका निवर्तमान मेयर खुमनारायण श्रेष्ठ (गोपी) र उनका पिए दिपक लामिछानेविरुद्ध पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा उजुरी परेको छ । उनीहरु विरुद्ध नगरपालिकाको २५ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा आयोगको दर्ता नं.सी००७१२८ मा दर्ता भएको आयोग श्रोतले जनाएको छ । मेयर श्रेष्ठ र उनका पिए लामिछानेले मिलेमतोमा अकुत सम्पती कमाएको आरोप लागेको छ ।
यस अगाडि पनि पिए लामिछानेविरुद्ध अकुत सम्पती कमाएको आरोपमा उजुरी परेको थियो । मेयर श्रेष्ठले आफ्नो कार्यकालमा लामिछानेलाई करार कम्प्युटर अपरेटर पदमा नियुक्ति गरि नगर भित्रका हरेक बिकास निर्माण र खरिद कार्यमा सेटिंग गर्ने जिम्मा दिएका थिए । श्रेष्ठ र लामिछाने विरुद्ध परेको ३ पाना लामो ३० बुद्धे उजुरीमा उनीहरुले भ्रष्टाचार गरेको फेहरिस्त उल्लेख गरिएको छ ।
लामिछाने अहिले पनि नगरपालिकामा सोही पदमा कार्यरत रहेपनि १५ दिनमा १ पटक नगरपालिका गई हाजिरी गरि ४ महिना देखि तलब खाई रहेको नगरपालिका श्रोतले जानकारी दिएको छ । यस अगाडि पनि सरकारी पल्सर मोटरसाइकलको प्राईभेट नम्बर हालेर दुरुपयोग गरेको, नगरपालिकाको सरकारी गाडी दुरुपयोग गरेको समेत लामिछाने विरुद्ध अख्तियारमा उजुरी परेको समाचार सार्वजनिक भएको थियो । निवर्तमान मेयर श्रेष्ठ नेकपा (एमाले) को बागमती प्रदेश कमिटी सदस्य हुन भने उनका तत्कालीन पिए लामिछाने नेकपा (एमाले) कालिका नगर कमिटी उपाध्यक्ष हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट