zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

एनआरएनए आइसीसी बैठक : शेष घले समुहसँग वार्ता गर्न डिबि क्षेत्रीको संयोजकत्वमा समिति गठन,सिईओ नियुक्ति अनुमोदन

एनआरएनए आइसीसी बैठक : शेष घले समुहसँग वार्ता गर्न डिबि क्षेत्रीको संयोजकत्वमा समिति गठन,सिईओ नियुक्ति अनुमोदन


  • जनसवाल
  • सोमबार, साउन ३० २०७९
3.1K
SHARES

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय परिषद (आइसीसी) को कार्यकारी निर्देशक सिईओ नियुक्ति विषय सहमतिमा टुंगिएको छ । आइसीसीको पदाधिकारीको आइतवार सम्पन्न बैठकले शर्त सहित सिईओ नियुक्ति सम्वन्धि निर्णयको अनुमोदन गरेको छ। संघमा केही महिनादेखी सिईओ नियुक्ति विवादमा परेको थियो।
एनआरएनएको कर्मचारी नियमवाली भन्दा बाहिर गएर अध्यक्ष र महासचिवको मिलोमतोमा सिईओ नियुक्ति गरेको भन्दै जम्बो कार्यसमिती का केही पदाधिकारीले बिरोधको लागी आपत्ति जनाएका थिए।
बैठकमा महासचिव गौरी जोशीले बैठकको शुरुमा नै सिईओ नियुक्ति सम्वन्धी प्रस्ताव पेश गरेका थिए । नियम अनुसार भएको महासचिवको उक्त प्रकृयाको पनि केहिले आपत्ति प्रकट गरेका थिए ।
बैठकले सिईओ नियुक्ति सम्वन्धि प्रस्तावलाई पारित गरेको छ ।सीईओको तलव सुविधाका बारेमा विज्ञको राय अनुसार गर्ने गरि निर्णय भएको बैठकमा सहभागी एकले बताए ।
सिइओको नियुक्ति अनुमोदन गरियो तर तलव सुविधाको बारेमा विज्ञटोली हायर गरेर उनीहरुको सुझाव अनुसार अगाडि बढ्ने महासचिव गौरी जोशीले बताए । उनका अनुसार बैठकले शेष घले समुहसँग वार्ता गर्न ११ सदस्यीय टोली पनि गठन गरिएको छ । उपाध्यक्ष डीबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिती गठन गरिएको हो । समितिको सदस्यहरुमा उपाध्यक्ष नारायण आचार्य,महासचिवद्वय डा. केशव पौडेल र गौरी राज जोशि,उपमहासचिव ओम गुरुङ,देवी बस्नेत,सचिव गंगाधर गौतम,राजन त्रिपाठी,कोषाध्यक्ष फनिन्द्र पन्त,यज्ञ सुवेदी,युरोप संयोजक चिन्तामणि सापकोटा,अमेरिका सह संयोजक
अभिमन्यु बस्नेत रहेका छन ।
महासचिव डा. पौडेलका अनुसार बैठकले आगामि अक्टोबर ९ र १० तारिक काठमाडौंमा विधान अधिवेशन तथा बार्षिक साधारण सभा गर्ने निर्णय गरेको बताए । सो साधारण सभामा विधान संसोधन पनि हुने पौडेलले बताए । महासचिव पौडेलले सिईओ नियुक्तिमा पारदर्शी तवरले भएको र आफुहरुले कुनै गल्ति नगरेको बताए । बैठकले कर्मचारी नियुक्ति सम्वन्धि नियमावलीमा आवश्यक परेमा संसोधन गर्ने, त्यसको जिम्मा महासचिवलाई दिने निर्णय गरिएको छ ।
बैठकमा सल्लाहाकार,संरक्षक,मानार्थ सदस्य मनोनयनका बारेमा कुनै प्रसंग नउठे पनि छिट्टै सहमतिमा सार्वजनिक गरिने अध्यक्ष कुल आचार्यले बताए । अध्यक्ष आचार्यले बैठक अत्यन्त सौहार्दपुर्ण वातावरणमा संपन्न भएको जनाउदै एनआरएनएबाट छुट्टीएर गएको बिनोद कुँवर नेतृत्वको समुहलाई मुलधारमा ल्याउन बार्ता समिती गठन गरिएको र उक्त समितिले छिट्टै उक्त समुहलाई मुल घरमा नै फर्काऊनेमा आफू विश्वस्त रहेको बताए । आचार्यले एनआरएनए सामाजिक अभियान भएको र यहाँ लिन नभई सबै पदाधिकारि दिन आएकाले केहि समुहले सामाजिक अफवाह फैलाऊने गरेकोमा त्यस्को निन्दा गर्दै भर्ममा नपर्न गैर आवासीय नेपालीलाई आग्रह गरे ।उक्त बैठकमा एनआरएनए मध्यपुर्व संयोजक मनोज कुमार श्रेस्ठ गोर्खालीले १० औ अधिवेसनको हलवाट सर्वसम्मतिमा चयन भएका र शुल्कसमेत तिरिसकेका विभिन्न पदमा रहेका ११ जनालाई सोही पदमा राख्नुपर्ने बताए । मध्यपुर्व संयोजक गोर्खालीले अधिवेसनको हलवाट पारित नामलाई यता ऊता गर्ने अधिकार कसैलाई नहुने जनाउदै उक्त निर्णय फिर्ता लिई तत्काल ११ पदाधिकारीलाई उनिहरुकै पदमा राख्न आईसिसिलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट