zestkhabar

शनिबार, असोज १३ २०८०

  • शनिबार, असोज १३ २०८०
Janasawal - राष्ट्रपतिबाट नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता (पत्रसहित)

राष्ट्रपतिबाट नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता (पत्रसहित)

राष्ट्रपतिबाट नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता (पत्रसहित)

नागरिकता विधेयक फिर्ता निर्णयले गैरआवासीय नेपाली दुखित : अध्यक्ष आचार्य


  • जनसवाल
  • आइतबार, साउन २९ २०७९
3.7K
SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ,’ आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संसदका दुबै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ ।

नागरिकता विधेयक फिर्ता निर्णयले गैरआवासीय नेपाली दुखित : अध्यक्ष आचार्य
गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक फिर्ता निर्णयले आफूलगाएत लाखौ गैर आवासीय नेपाली दुखित बनेको बताए । आचार्यले नागरिकता बिधेयकमा नेपालका बारेमा आफूलाई तेती जानकारी नभएको तर एनआरएनएको लागी यो अत्यावस्यक थियो र छ । आफु हरुको बर्षोंदेखिको माग पुरा हुनेमा बिश्वस्त नै रहेको बताए ।
एनआरएनए उपाध्यक्ष एबं नागरिकता समितिका संयोजक दुर्गा आचार्यले रास्ट्रपतीको दुर्भाग्यपुर्ण कदम भएको जनाउदै पुन गैर आवासीय नागरिकता छिट्टै पाउनेमा आफू बिश्वस्त रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट