zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

एनआरएनए एशिया प्यासिफिक सम्मेलनमा सहभागिताको लागि राजदुत ढकाललाई निमन्त्रणा

एनआरएनए एशिया प्यासिफिक सम्मेलनमा सहभागिताको लागि राजदुत ढकाललाई निमन्त्रणा

थाई नेपाली संघले नेपाली परिचयपत्र उपलब्ध गराउन नेपाली राजदूतावास थाईल्याण्ड र एनआरएनए थाईल्याण्डलाई पत्र बुझायो


  • जनसवाल
  • शुक्रबार, साउन २७ २०७९
2.4K
SHARES

 

काठमाडौँ,यही अगष्ट २६ देखी २८ सम्म थाइल्याण्डमा हुने गैरआवासीय नेपाली संघ एनआरएनएको एशिया क्षेत्रीय ९ औं बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले बताएका छन। सम्मेलन भब्य, सभ्य र उत्कृस्ट हुने अध्यक्ष बस्नेतले दावी गरे ।एनआरएनए थाईल्याण्ड समितिले सम्मेलनमा सहभागिता जनाउन विशेष आतिथ्यताको लागि नेपाली राजदूतावास थाइल्यान्डका राजदूत गणेश प्रसाद ढकाललाई भेटी औपचारिक निमन्त्रणा दिएको छ ।
उक्त कार्यक्रममा थाई नेपाली संघले नेपाली परिचयपत्र उपलब्ध गराउन राजदूतावास थाईल्याण्ड र एनआरएनए थाईल्याण्डलाई अपिल पत्र बुझाएको छ ।
थाईल्याण्डमा बसोबास गर्ने नेपालीमूलका नेपाली (people of neplese origin ) लाई नेपाल सरकारले गैरआवासीय नेपाली हरुलाई जस्तै नेपालसँग जोडिने माध्यम दिन थाई नेपाली संघले माग गरेको छ ।
गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने निर्णय गरेतापनि दोस्रो विश्वयुद्धताका नेपालबाट प्रतिनिधित्व गर्दै म्यानमार ,फिजी ,थाईल्याण्ड र मलेसिया पुगेका नेपालीहरूको लागि यो हक , कानुन नलाग्ने भएकाले नेपाल सरकारले छुट्टै नेपाली परिचयपत्र उपलब्ध गराउन माग गर्दै निमित्त राजदुतावास मार्फत नेपाल सरकारलाई र एनआरएनए थाइल्याण्डलाई थाई नेपाली संघले अपिल पत्र बुझाएको छ । अझै पनि त्यो देशमा बसोवास गर्दै आएका नेपालीमूलका नेपालीहरुलाई म्यानमार , थाईल्याण्ड,फिजीमा नेपाली उल्लेखित नागरीकता र मलेसियामा गोर्खाको नाम बाट नागरीकता वितरण भएको थाई नेपाली संघका पूर्व अध्यक्ष कुमार कार्कीले बताए । कार्कीले आफ्नो पुर्खा नेपालमा जन्मिएको र हाम्रो नेपाली भाषा-संस्कृति परम्परा हामी अहिले बसेको देशमा पनि संवर्द्धन प्रवर्द्धन र जगेर्ना गरिरहेको बताए । नेपालको लागि हाम्रो ज्ञान, सीप , प्रविधि लगानी भित्र्याउन र नेपालको समुन्नत विकासको लागि हामीलाई नेपाल सरकारले नेपाली परिचय पत्र उपलब्ध गराउनुपर्ने माग रहेको कार्किले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट