२७ साउन धरान, ड्रीम मोडलिङ्ग एजेन्सिले बालबालिकाहरुको नेतृत्व बिकास, मानसिक क्षमता अभिवृद्धि साथै प्रतिस्पर्धी सोचको बिकासको हेतु आयोजना गराउदै गरेको जुनियर मिस्टर एण्ड मिस धरान २०७९ को फाइनल साउन २८ गते हुने भएको छ। धरान उपमहानगरपालिका १० ज्वाइँ खानामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सो जानकारी दिएको हो। जम्मा ४४ जना बालबालिकाहरु प्रतिस्पर्धामामा उत्रीएको सो कार्यक्रममा ३७ बालिका र ७ बालक रहेको बताइएको छ। करिब एक महिना अगावै देखि कोरियोग्राफी तालिम, टेबल म्यानर, ब्याक्तित्व बिकास, नृत्य र गायन तालिम ,पब्लिक स्पिकिङ्ग , सेल्फ डिफेन्स एजुकेसन लगायतका मानसिक तथा शारिक वृद्धिको तालिम दिन थालिएको ड्रीम मोडल एजेन्सी सिइओ सौरभमान भण्डारिले बताए। कार्यक्रमका संयोजक निश्चल पलिखेका अनुसार ३ लाख रुपैया बराबरको जीवन बिमा, १५ हजार रुपैया नगद, क्राउन, सर्टिफिकेट, ट्रफी गिफ्ट ह्याम्पर पाउनको साथै जुनियर मिस्टर एण्ड मिस टिनमा बिजेताको स्थान सुनिश्चित हुनेछ। त्यसै गरि १० हजार नगद, सर्टिफिकेट, ट्रफी, २ लाख बराबरको जीवन बिमा, गिफ्ट ह्याम्पर आदि फस्ट रनर अपले प्राप्त गर्नेछन भने सेकेन्ड रनर अपले १ लाख रुपैयाको जीवन बिमा, नगद रु ५ हजार साथै ट्रफी , सर्टिफिकेट र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन, बिजेता महिला र पुरुष गरि छुट्याइने छ जस्ले मिस्टर एण्ड मिस टिन नेपालमा भाग लिनेछन। कम्तिमा ७ वर्ष देखि बढिमा १४ वर्ष उमेर समुहकाले सहभागिता जनाएको सो प्रतिस्पर्धाको फाइनल धरान बेन्क्विट, जिरो प्वाइन्ट, धरानमा हुनेछ।