zestkhabar

शनिबार, असोज १३ २०८०

  • शनिबार, असोज १३ २०८०
Janasawal - मलेसिया रोजगारी सिण्डिकेटका नाइके अमिन थुनामा : नेपालका साझेदार खड्का तनावमा, के हुन्छ अब बायोमेट्रिक ?

मलेसिया रोजगारी सिण्डिकेटका नाइके अमिन थुनामा : नेपालका साझेदार खड्का तनावमा, के हुन्छ अब बायोमेट्रिक ?

मलेसिया रोजगारी सिण्डिकेटका नाइके अमिन थुनामा : नेपालका साझेदार खड्का तनावमा, के हुन्छ अब बायोमेट्रिक ?


  • जनसवाल
  • बिहिबार, साउन १९ २०७९
25.6K
SHARES

काठमाडौं(जस)–मलेसियाको भ्रष्टाचार विरोधी आयोग (एसपीआरएम)ले बेस्टिनेट तथा एफडब्लूसीएमएसका प्रमुख तथा मलेसियाली सिण्डिकेटका मास्टर माइन्ड दातोश्री अमिन लगाएत उनका सहयोगीलाई थुनामा राखेको जनाएको छ । बंगलादेश, नेपाल तथा अन्य मुलुकबाट सिन्डकेट मार्फत कामदार ल्याउने र त्यसका लागी सम्वन्धीत देशका केही म्यानपावर ब्यावसायीहरुसँग अरवौं रकम असुलेको तथा कामदारको कोटा प्रमाणित गरेवापत प्रति ब्यक्ति ८ सय देखि १५ सय मलेसियन रिंगट असुलेको खुलेपछि अघिल्लो महिना (एसपीआरएम) ले बेस्टिनेटमा छापा हानेर अमिनलाई अनुसन्धानको दायरामा ल्याएको थियो ।
उक्त समयमा (एसपीआरएम)ले अमिनको साथबाट ठुलो मात्रामा मलेसियन मुद्रासमेत बरामद गरेको थियो । सोधपुछपछि बोलाएको बेला उपस्थित हुनेगरी उनलाई छाडिएको थियो । त्यसैगरी (एसपीआरएम)ले बुधबार अमिन लगाएत उनका सहयोगीहरुलाई बयानका लागी बोलाएर थुनामा राखेको हो । अमिनले छोटो समयमा मलेसियन सरकारलाई समेत हातमा लिएर उनले रोजगारी क्षेत्रमा एकल राज गरेका थिए । बंगलादेशबाट सिन्डीकेट मार्फत कामदार ल्याउने भन्दै अमिनले अरवौं रकम उठाएका थिए । त्यतीमात्र होइन उनले नेपालमा समेत मेनपावर सिन्डकेटको तयारी थालेका थिए ।
नेपाल स्वास्थ्य ब्यावसायी महासंघका अध्यक्ष एबं बायोमेट्रिक मेडिकलका ठेकेदार कैलाश खड्कासमेत अमिनका नेपाल साझेदार हुन् । खड्काले अमिसँगको साझेदारीमा बायोमेट्रिक मेडिकलको सिन्डिकेट गर्दै आएका छन । अमिनलाई मलेसियन सरकारले कानुनी दायरामा ल्याएपछि नेपालमा खड्कालाई ठुलो धक्का लागेको छ । साउन १० पछि स्वास्थ्य परीक्षण गरेका कामदारको अनलाईन बिवरण नदेखिएको भन्दै मलेसियाका रोजगारदाता कम्पनीहरुले भिषाको लागी आवेदन गर्न नसकेको भन्ने गुनासो आएको छ ।
अनलाईन बिवरण नभरेसम्म भिषा प्रक्रिया अघि बढ्दैन,हजारौ कामदारको स्वास्थ्य परिक्षणको अवधी सकिदासम्म अनलाइनमा बिवरण नदेखिएकोले पुन स्वास्थ्य परिक्षण गर्नु पर्ने र त्यसका लागी कामदारमाथी आर्थिक भारसमेत पर्ने गरेको चरम गुनासो बढेको छ । एक पटक गरेको स्वास्थ्य परीक्षणले ३ महिनासम्म मात्रै काम गर्छ । कामदारको स्वास्थ्य बिवरण अनलाईनमा नदेखिएसम्म भिषा प्रक्रिया अघि बढ्दैन, त्यसैले ३ महिनासम्म अनलाइनमा नराख्ने फेरि समय सकियो भन्दै पुन स्वास्थ्य परिक्षण गराएर कामदारबाट दोब्बर रकम अनुल्ने गरेको समेत गुनासो छ । बैदेशिक रोजगारीमा जाने श्रमिकाको स्वास्थ्य परिक्षण गर्ने भन्दै नेपालमा कैलास खड्कालगाययतका ३६ मेडिकल ब्यावसायीले सिन्डकेट चलाउदै आएका छन । उनिहरुले गरेको मेडिकलबापत अमीनलाई कमिसन बुझाउदै आएका छन ।

जनसवाल राष्ट्रिय दैनिकको २०७९ साउन २० गते शुक्रबारको इपेपर

जनसवाल राष्ट्रिय दैनिकको २०७९ साउन २० गते शुक्रबारको इपेपर

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट