zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

युएईमा अलपत्र परेका नेपालीहरुको सहयोगार्थ एनआरएनए युएईद्वारा आईतवार गोर्खा साँझ हुँदै

युएईमा अलपत्र परेका नेपालीहरुको सहयोगार्थ एनआरएनए युएईद्वारा आईतवार गोर्खा साँझ हुँदै

कलाकार प्रीती आले, करिष्मा ढकाल, बादल थापा, प्रकाश दुतराजले युएई तताउदै


  • जनसवाल
  • शनिबार, असार ३२ २०७९
3.1K
SHARES

युएई । युएईमा अलपत्र परेका नेपालीहरुको उद्दारका लागि युएईको बरदुवई स्थित अस्टोरिया होटेलको याक एन्ड यति एभरेस्ट क्लबमा आइतवार गोर्खा साझ हुने भएको छ ।
भोली आइतबारको दिन आयोजित कार्यक्रम गोर्खा साझमा नेपालका चर्चित गायिका प्रीती आले, चर्चित डान्सर करिश्मा ढकाल,बादल थापा,गायक प्रकाश दुतराजसहितको कलाकारको टोलि युएई आईसकेको छ । कार्यक्रमको सम्पुर्ण तयारी सकिएको आयोजकले बताएको छ ।

कोभिड १९ का कारण बिश्व नै समस्याले भयभित भएको अबस्थामा युएईमा कार्यरत नेपालीहरुलाई पनि यस्ले ठुलो असर पार्यो । कोभिडबाट मात्र नभै भिजिट भिषामा युएई आएर अलपत्र परेका नेपालीहरुको संख्या दिनहु बढिरहेको अबस्थामा गोर्खा साझ कार्यक्रमले केही पिडित नेपालीहरुको पीडालाई मलहम लगाउने काम गर्छ भन्ने आशा गरेको एनआरएनए युएईका युवा संयोजक एबं कार्यक्रमका संयोजक भिम मल्ल ठकुरीले बताए ।

नेपालीहरुको चाडपर्वको सुरुवातमै हुन लागेको उक्त कार्यक्रममा नेपालका चर्चित रास्ट्रीय कलाकारहरुको साथमा युएईका स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजक एनआरएनए युएईका अध्यक्ष ठाकुर ढुगांनाले बताए । अध्यक्ष ढुगांनाले कार्यक्रममा उपस्थिती भई भव्य र सभ्य रुपमा संपन्न गर्न युएईवासी नेपालीलाई आग्रह गरे । यो समग्र युएईको कार्यक्रम हो उनले भने ।
उक्त कार्यक्रम सफल बनाउन युएईका विभिन्न ब्यवसायीहरु र संघसंस्थाहरुले पनि हातेमाले गरिरहेका छन । कार्यक्रमलाई फिस्टेल ट्राभल्स,नेपाली फिल्म चिसो मान्छे , आरके ट्रेडस,जियोल्यांड ट्राभल्स,क्लव याक एन्ड यति एभरेस्टलगाएतका ब्यावसायिक कंपनीले स्पोन्सर पनि गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट