zestkhabar

बिहिबार, भाद्र २ २०७९

  • बिहिबार, भाद्र २ २०७९

जसपाको केन्द्रीय कार्यसमिति बैठक असार २७ मा, के होला डा बाबुराम भट्टराईको अबको बाटो ?

जसपाको केन्द्रीय कार्यसमिति बैठक असार २७ मा, के होला डा बाबुराम भट्टराईको अबको बाटो ?


  • जनसवाल
  • शुक्रबार, असार १७ २०७९
190
SHARES

काठमाडौं(जस)–जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । बैठक दुई दिनसम्म चल्ने छ । पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारबाहीको अधिकार पनि आफैँले राखेका थिए । उनको निर्णयप्रति बाबुराम भट्टराई खेमाका नेताहरुले विरोध गर्दै आएका छन् । यहीबीचा जसपाको बैठक बोलाइएको हो ।
लामो समयदेखि अध्यक्ष यादव र भट्टराईबीच पार्टी संचालनमा विवाद रहदै आएको थियो । यस क्रममा डा. भट्टराईले बहुमत कार्यकारिणी सदस्य जुटाएर अध्यक्ष यादवलाई अल्पमतमा पार्ने प्रयास समेत गरेका थिए । तर, त्यसमा असफल भएपछि सहमतिमै अलग हुने निर्णयमा पुगेको बताइएको छ । विस २०७६ वैशाख २३ गते उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच एकता भएको थियो ।
दुवै पार्टीको एकतापछि संघीय समाजवादी पार्टी बनेको थियो । त्यसपछि संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो । महन्थ ठाकुर यस अघि नै जसपाबाट अलग भएर अलग पार्टी बनाईसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट