zestkhabar

बिहिबार, भाद्र २ २०७९

  • बिहिबार, भाद्र २ २०७९

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनद्धारा मन्त्री कुँबरसँग भेट

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनद्धारा मन्त्री कुँबरसँग भेट

मेनपावर नवीकरणलगायतका समस्या तत्काल हल गर्ने मन्त्री कुँबरको आश्वासन


  • जनसवाल
  • बुधबार, असार १५ २०७९
1.8K
SHARES

काठमाडौं(जस)–एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबरसँग भेट गरेको छ । वैदेशिक रोजगार व्यवसाय क्षेत्रमा रहेका तमाम समस्याको समाधान गरेर यो क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउदै सेवा उद्योगका रुपमा स्थापित गरी नेपाल सरकार, वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायी तीनै पक्षको हकहितको रक्षा गर्न क्रियाशिल रहेको संघले मन्त्री कुँबरसँगको भेटमा वैदेशिक रोजगार क्षेत्रका विविध विषयमा ध्यानाकर्षण गरेको जनाएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ मा गरिएको वार्षिक १०० (एक सय जना कामदार विदेश पठाउनैपर्ने अव्यवहारिक कानुनी व्यवस्था हालसम्म कार्यान्वयन हुन नसकेकोले वर्षेपिच्छे अस्थायी समाधान खोज्दै हिडनुपरेको भन्दै संघले मन्त्रीसमक्ष यो समस्याका बारेमा उपयुक्त निकास निकाल्न आग्रह गरेको छ ।
‘व्यवसायी विरोधी कानुनी व्यवस्थाले नेपाल सरकारमा दर्ता भई व्यवसाय गरिरहेका करिव ३०० (तीन सय व्यवसायिक संस्थाहरुले २०७९ साल आषाढ मसान्तसम्म एकसय संख्यामा कामदार वैदेशिक रोजगारमा पठाउन नसकेका कारण संस्था खारेजीमा पर्नसक्ने अवस्थाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो १०० एक सय संख्या लगाएतका अन्य समस्याहरुको दीर्घकालीन समाधान नभएकोले हामी सम्पूर्ण व्यवसायी निराशाजनक अवस्थामा थियौं’, भन्दै संघले यो समस्या समाधान गरी सबै व्यवसायीहरुले व्यवसाय गर्न पाउने अवस्था श्रृजना गर्न पहलकदमी लिने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एकीकृत समाजवादी) का स्थाई कमिटि सदस्य तथा श्रम रोजगार विभाग इन्चार्ज पुर्व राज्यमन्त्री उर्वादत्त पन्त र नवनियुक्त मन्त्री शेरबहादुर कँुवरसंग भेटघाट गरी समस्याको जानकारी गराएको जनाएको छ
संगठनले समस्या समाधानका लागि अनुरोध गर्दा उनीहरु सबैजना यो समस्या समाधान गर्न सकारात्मक रहेको र उक्त समस्याको दीर्घकालीन समाधानका लागि उक्त कानुन संशोधनको लागि कानून मन्त्रालयमा पठाउनुका साथै तत्कालीन समाधानका लागि बाधा अड्काउ फुकाउद्वारा समस्या समाधानका लागि आवश्यक आदेश जारी गर्न व्यवसायीहरुको ईजाजतपत्र नवीकरण गर्ने व्यवस्था मिलाई राहत एवं संरक्षण प्रदान गर्न मन्त्री कुँबर प्रतिवद्ध रहेको जानकारी दिदै आश्वस्त पारेको जनाएको छ । संगठनले यो समस्याबाट पीडित सबै व्यवसायीहरुलाई बजारमा फैलिएका विभिन्न अफवाहहरुका पछाडि नलागि यो समस्या समाधान हुने कुरामा विस्वस्त रहन, निर्धक्कका साथ मर्यादित रुपमा व्यवसाय अगाडि वढाउन अनुरोध गरेको छ । संगठनले भेटमा नवनियुक्त मन्त्री कुँबरलाई वैदेशिक रोजगार क्षेत्रको अविभावकको रुपमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्तसमेत गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट